Posted by: Bhaute February 3, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
नेपे जी धेरै धन्यवाद। गेयात्मक गजल भन्नाले त मैले के बुझेछु भने "शुक्रबारको रात होस। मधुर प्रकाश होस। मदिराको साथ होस। मञ्चमा गुलाम अलि जी को उपस्थिती होस्। अनि सबै चुपके चुपके रात दिन ....... मा झुम झुम हउन।" अनि यस्तैमा एक्कासी झर्ला र खाम्ला, भुत्रोको आश ? सम्झेँ। अनि त आफैलाई लाज लागेर आयो के। :-) सिरे बुरो ! "काम भन्दा कुरो ठुलो, लेख्न लायो हात लुलो" भयो जस्तो छ मेरो, कि कसो? बिर्खे जी जावस जावस। अब शिरिष गुरु र नेपे गुरुको शुरमा हिँड्न त कहाँ सक्नु। हामी त पुच्छर समाउने न हो। घिसारिँदा टाउको ढुँङ्गामा नबजारिए हाम्ले खोजेको त्यत्ति हो। तिम्रो सुन्दर मुहार अब, मुटुको यो शूल भयो आफ्नो पनि त्यै हाल छ, रे क्या। :-) यजुराम जी दिसिङ्कोट चापाकोट वरपर बिते शैशवपला । मेरो जन्मभूमि रत्नपुर पर्यो। मलाई भउते भन्नुस है। शुरुमा यत्तिकै लहडमा लागेर नक्कलि नाम राखेर साझामा पसियो। सरुभक्तको "पागल बस्ति" ले यति प्रभावित भइएछ कि नामै नक्कल गर्ने सम्म लहड चल्यो। :-) अब भागेँ म। गफै मात्र धेरै भो। :-) -भउते
Read Full Discussion Thread for this article