Posted by: sajhabusaima February 3, 2006
News from himalkhabar.com
Login in to Rate this Post:     0       ?        
सातदिने बन्दले राजधानीमा तीव्र खतरा तीन राजमार्ग तीन दिनअघि नै बन्द माओवादीद्वारा ५४ बस कब्जा, बीपी राजमार्ग ठप्प खोजतलास विशेष संवाददाता काठमाडौं, २१ माघ । काठमाडौं । माओवादीले सरकारद्वारा घोषित नगरपालिका निर्वाचन बिथोल्न घोषणा गरेको सातदिने नेपाल बन्दमा राजधानीको जनजीवन अस्तव्यस्त बन्ने भएको छ भने सो अवधिमा राजधानीमाथि माओवादी आक्रमणको व्यापक खतरा रहेको देखिएको छ । बन्दमा माओवादीले राजधानीमा आफ्ना गतिविधि तीव्र पार्ने र ठूलै आक्रमण गर्ने योजना बनाएको सुराकी सुरक्षा संयन्त्रलाई मिलेपछि सुरक्षाका सबै अंग र्सतक बनेको बताइएको छ । माओवादी छापामारहरू राजधानी छिर्ने मुख्य गौंडा मानिएका दर्ुइ नाका सुरक्षाफौजले बन्द गरेको छ । जसका कारण काठमाडौं उपत्यकालाई जोड्ने दर्ुइ नाका र दर्ुइ मार्गमा माओवादी बन्दको प्रभाव अप्रत्यक्षतः तीन दिनअघिदेखि नै परेको छ । प्राप्त समाचारअनुसार सुरक्षा निकायले ती नाकाबाट माओवादी छिर्न सक्ने खतरा रहेको भन्दै त्रिभुवन राजपथ र फर्पिङ-फापरबारी-मकवानपुर जोड्ने सडक खण्डमा हिजोदेखि यातायात बन्द गरेको बताइएको छ । बाइरोडको बाटो टिस्टुङ-पालुङ हुँदै हेटौंडा जोड्ने त्रिभुवन राजपथमा यातायात बन्द भएपछि १०७ किमि लामो उक्त सडक खण्डका हजारौं बासिन्दा यातायात सुविधाबाट कम्तीमा दस दिन वञ्चित हुने भएका छन् । नेकपा -माओवादी) ले आहृवान गरेको २३ गतेदेखि २९ गतेसम्मको नेपाल बन्दको पर्ूवसन्ध्यामा माओवादीले काभ्रेबाट बीपी राजमार्गमा चल्ने ५४ वटा सवारीसाधन बुधबार बेलुकादेखि कब्जामा लिएको समाचार छ । बुधबार बेलुकादेखि सवारी नियन्त्रणमा लिइएका कारण काभ्रेको भकुन्डेदेखि नेपालथोकसम्म कुनै सवारी चलेको छैन । माओवादीले कब्जा गरेका बसमध्ये नौवटा यात्रुबस सिन्धुलीको कुशेश्वर गाविसस्थित महादेव मन्दिर छेउको बगरमा र अरु बाँकी नार्केपुलनजिक बगरमा राखिएको वस्तुगत स्थिति मूल्यांकन गरी फर्केका मानवअधिकारवादी र सञ्चारकर्मीले बताएका छन् । धुलिखेलबाट भकुन्डे चल्ने २२ वटा गाडीलाई यसअघि नै माओवादीलाई राजधानी ओसार्लान् भनेर सेनाले चलाउन रोक लगाएको थियो । उक्त रुटमा गाडी नचलेपछि सिन्धुली र रामेछापका बासिन्दासमेत पैदल आवतजावत गर्न बाध्य भएका छन् । माओवादीले नेपाल बन्दको आहृवान गरेका कारण सवारीसाधन कब्जामा लिएको बताइएको छ । मानवअधिकारवादीको टोलीसँग माओवादी कार्यकर्ता अमृतले सेनाले दर्ुइ बजेपछि उक्त क्षेत्रमा यातायात बन्द गर्दै आएका कारण जनतालाई तनाव भएको भन्दै सवारीसाधन कब्जामा लिएको स्वीकारी उक्त सवारीसाधन २९ गतेपछि मात्रै छाड्ने मानवअधिकारवादीलाई बताएका छन् ।
Read Full Discussion Thread for this article