Posted by: Birkhe_Maila February 2, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
जताततै गजल हेर्दा हेर्दा मलाइ पनि जोस चलेर एउटा गजल टाँस्न मन लाग्यो। शिरिष गुरुको धागोमा टाँस्न लाज लागेर भौते गुरुको धागो मा टाँस्दै छु। यसो नियम कानून के के मिलाउनु पर्छ गुरुहरुले सुझाव दिनुभए म सिकारुलाई प्रोत्साहन मिल्थ्यो। सुझाव को अपेक्षामा छु। :) प्रेम त मैले गरेकै हो, धेरै गर्दा भुल भयो तिम्रो सुन्दर मुहार अब, मुटुको यो शूल भयो खन्याएको माया मेरो, अंजुलीमा अटेन कि? छान्ने बानि भएकोलाई, अंजुली नि झुल भयो कस्तो बाचा गर्नु पर्ने, शायद मैले जानिन कि? तिम्रो बैँश बाचा पढ्ने, सार्वजनिक तुल भयो कति हिँड्छौ यौवन लुटाई, मधुमास सधैँ हुन्छ? तिम्रा हरेक समाचार, छाति घोप्ने त्रिशूल भयो दोबाटोमा मलाइ भेट्दा अझै किन तर्कि हिँड्छौ? तिम्रो दर्शन अब मलाइ, ओइलिएको फूल भयो
Read Full Discussion Thread for this article