Posted by: Bhaute February 2, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
सप्पैलाई प्रतिक्रियाको लागि धन्यबाद। नेपे जी, त्यो शेर लेख्दा मलाई पनि झलझली त्यै कार्टुनको सम्झना भएको थियो। गजलमा उपर्युक्त र अत्यन्त प्रचलित उखान-टुक्कालाई धेरै-थोरै परिमार्जन गरि प्रयोग गर्दा मैले केहि फाइदाहरु देखेँ। (गजल बिधामा मेरो अध्यन शून्यप्राय छ त्यसैले एक जना पाठकको हैसियतले अनुभव गरेको कुरा मात्र हो है।) एक त जन-जिब्रोमा पैले नै झुण्डिसकेका उखान-टुक्काले गर्दा गजल पनि सजिलै जिब्रोमा झुन्डिन सक्ने। दोस्रो, उखान-टुक्काको गहिराई र सान्धर्विकता पाठकलाई पहिलेनै अबगत हुनेहुँदा थोरै शब्दले नै धेरै कुरा स्पष्ट पार्न सकिने।यति हुँदा हुँदै पनि उखान-टुक्काको प्रयोग सँग म आफै उति सन्तुष्ट भने छैन। गजल लेखाइ सम्बन्धी मेरो थोरै जिज्ञासाहरु: १: प्रचलनमा आइसकेका बिचार, उखान-टुक्का प्रयोग गर्नु कतै लेखनमा आफ्नोपना नहुनु त हैन ? नयाँ र नितान्त आफ्नो बिचारलाई उखान-टुक्काको जस्तो रुप दिन सक्नु पो उपर्युक्त हो कि? २: "गजल" भन्ने शब्द मेरो कानमा पर्ने बित्तिकै मेरो दिमागमा सधैँ " सुमधुरता, प्रकृति, प्रेम, नारी, सुन्दरता, मादकता, आदि इत्यादी" भाव घुम्छन्। हुन त मेरो कुनै पनि प्रयासमा यी भावहरु दर्शाउन सकेको छैन। अझ तपाईँले भन्दै आउनु भएजस्तै (मेरो बुझाइमा) गजल गायन योग्य हुनु पर्छ भन्ने कुरालाई ध्यानमा राख्ने हो भने जे मैले लेख्ने प्रयास गरेको छु, तिनीहरुले कतै गजलको उपहास त गरेको छैन? ३: पाठकको हैसियतले मेरो अनुभवमा नाराबादी र कसैको चर्को आलोचना गरिएका गजलहरुले क्षणिक रुपमा सजिलै वाह वाह पाएको पो हो कि ! यसरी लेखिएका गजलको सान्धर्विकता केवल आजको जुलुस र सभामा मात्रै हुन्छ जस्तो लाग्छ। थोरै समय पछि नै बेप्रासाङ्गिक हुने हो भने यिनको महत्व नै के भयो र, होइन त? गायन त झन परको कुरा पर्यो। मेरो मनमा घुमेका क्यै खुल्दुलीहरु। :-) शिरिष जी ! धन्यवाद ! "सलाम" शब्दको को ईज्ज्यत जाला है ! हे हे। :-) -भउते
Read Full Discussion Thread for this article