Posted by: nepali kanchha January 31, 2006
King´s Speech..on Feb 01 2006 9:00 AM..
Login in to Rate this Post:     0       ?        
February 1, 2006 राजा पुरानै अडानमा Filed under: B R E A K I N G N E W S — Administrator @ 9:05 am २०६२ माघ १९ @ (Live Update Starts from 902 am) राजाको सम्बोधन सुरु भएको छ। एक वर्ष अगाडि जस्तो स्थानबाट सम्बोधन गरिएको थियो, त्यस्तै ब्याकग्राउण्ड टेलिभिजन पर्दामा देखाएर सम्बोधन गरिएको छ। केही नयाँ घोषणा हुन सक्छ भन्ने अनुमान सुरु कै सम्बोधनका केही अंशबाट फ्लप खाइसकेको छ। एक वर्ष शासन सत्ता हातमा लिएको उपलब्धि बखान गर्ने असफल प‌्रयास गरिएको छ। राजाको दावी छ, “माअ‍ोवादीको आतंक छिटपुट अपराधमा सीमित भइसकेको छ।” राजा अगाडि भन्छन् “सुरु भइसकेको निर्वाचन प्रक्रियामा सबै लागिसकेका छन्।” नगर निर्वाचनको हविगत देखिसकिएको भए पनि सबै निकायका चुनाव गराइने राजाले बताएका छन्। “देशभक्तिको मिलनबिन्दू” भन्ने थेगो उनले बारम्बार प्रयोग गरेका छन्। नेपालमा हाल जारी ‘उन्नतिमुखी रणनीति’ मा सबैले योगदान गर्ने आशा राजाले गरेका छन्। अनि परराष्ट्र नीतिमा अहिले स्पष्टता र स्थायित्व आएको राजाको दावी छ। सम्बोधन जारी छ। अब भने केही नयाँ घोषणा नहुने लगभग निश्चित भइसकेको छ। एउटा कुरा स्पष्ट भएको छ- राजा मेलमिलापमा हैन, द्वन्द्व चर्काउने मूडमा नै छन्। आफ्नो अहं उनले छाड्ने छैनन्। एकलव्य भएर लागेको छु रे राजा देशको विकास गर्न…. सम्बोधन ९ बजेर २० मिनेटमा समाप्त भयो।
Read Full Discussion Thread for this article