Posted by: shree5 January 30, 2006
Sajha Adhyaya
Login in to Rate this Post:     0       ?        
दीपले बाङ्गेसँग चिलिम मागेपछि बाँङ्गेले चारैतिर खोजीनीति गर्दा भए तर चिलिम फेला परेन । बाङ्गे सन्यासी "हैन यो के अनर्थ भो दिप प्रभो, मेरो चिलिम नै गायब भो" भनेर हतास हुँदा भए । तत्पश्चात बिभिन्न महात्म्यहरु वाचन गरेको जस्तो, चिनेजानेका सुने-सुनेका जस्ता, सुन्दै आनन्द लाग्ने सुनौँ सुनौँ लाग्ने बेद (bed) तथा शास्त्र सम्बन्धी ऋचा हरु, ध्वनिहरु सुनेर सिरे त्यँहा पुगे । सिरेलाई देख्नासाथ दुबैले सिरेको चिलिम सापटी मागे । सिरेले दीपसँग एउटा सर्त राखे जुन पुरा गरे चिलिम लगायत शुद्ध कञ्चन शिब-बुटीको अबिरल सप्लाई गराई राख्ने बचन दिए । दीपले सोधे, "यो सिसि मुनिलाई सिरे मुनिको आग्रह पुरै नसुनिकन स्विकार्न गाहारो भयो, के होला त्यस्तो मैले पुरा गर्नु पर्ने सर्त ?" । दीपको मुखारविन्दबाट "सर्त" सुनेपछि शिबबुटी को तल-तल ले लालयित बाङ्गेले तुरुन्तै कमिज फुकालेर दीपलाई दिँदै भने, "हे दीप प्रभो, हजुरको सर्त (shirt) राखि राख्नुस किन भने हजुरले भेस्ता (vest) लगाउनु भएको छैन, तर मेरो सर्त दिए हुन्छ । यो पनि धोबिखोलामा कसको सुकाईराखेको रहेछ, मैले तहीबाट झ्याप दिएर ल्याएको, फेरि अर्को पनि भोलि नै ल्याउँला । यो सर्त दिएर भए पनि शिबबुटी सहितको चिलिमको स्वामित्व ग्रहण गर्नु प-यो ।" त्यो सुनेपछि सिरेले भने, "हैन, मलाई त्यो सर्त चाहिएको हैन, धोबिखोला बाट मैले पनि के के गर्नु पर्छ जानेको छु। खालि दीप मुनिले दिनहुँ एउटा एउटा अध्याय बाचन गर्नु पर्नेछ, यो पुराणलाई बिचैमा छोड्न पाउने छैनन् " । यो सुनेपछि आँखा तरे जस्तो गरेर दीपले "हुन्छ, मलाई सर्त मन्जुर छ, मैले यो पुराण सँधै वाचन गरि राख्ने छु, तपाईँको चिलिम र शिब-बुटीको सुरक्षा गर्ने अभिभारा मलाई प्राप्त होओस् " भने । तत्पश्चात भोलि देखि फेरि अविरल पुराण तथा बेद-महात्म्य चलाउने सँकल्प गर्दै दीप मुनि, बाँङ्गे जोगि र सिरे सन्यासीले मस्त शिब-बुटी सेवन गर्दा भए । जय शम्भो कैलाशपतिकी Keep rolling...
Read Full Discussion Thread for this article