Posted by: shree5 January 30, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
कुरै-कुराँ हाम्रो एक जना साह्रै मिल्नी साथी हुनुहुन्च यहाँ, उहाँले भनेको कुरो नि सम्झेँ । नाईट बसमा पूर्व तिर बाट काठमान्डौ आउँदै हुनुहुन्तो अरे । बिराटनगर तिर हो कि कता हो, साँझै जो थियो अरे, अँध्यारो भई सकेको जो थिएन अरे। एक जना सर्प खेलाम्नी मुन्छे बसभित्रै जो आएर टोकरीमा सर्प राखेर "लौ हुजुर, नागराजलाई सिदा दिनुस, दुध खिलाउनी पैसा दिनुस" भनेर पैसा उठाएछ । त्याँसी अलिक पर पुगेसि, ईटहरी तिर हो कि कता हो, अँध्यारो भएसि त चईनी तो मुन्छेले "दुईटा साँप थिए टोकरीमा, लोग्ने-स्वास्नी नै, अहिले एउटा मात्रै छ, एउटा बस भित्रै छाडा भईगयो हुजुर, कता हरायो बस भित्रै" भन्यो अरे । त्यस पछि त बसका सबै यात्रुहरुको चईनी सातो गएछ र सबैजना चईनी अघिल्लो सिटमाथि खुट्टा उत्तानो पारेर बसेछन । खलाँसी भाई चईनी बनोटमा बसेर लौरो लिएर चईनी डाईबर साहेब को रक्षा गर्न बसेछन् - डाईभरले त भुईँमा नटेकी त मटर चलाम्न पनि मिलेन केरे । अरु सबै जानाले त पिसाप पुनि नफेरिकिन आए अरे कति जाना त बरा । जेहोस, हाम्रो दाईले नि भुईँमा खुट्टा जो नटेकी किन काठमान्डु सम्म आम्नु भएछ र सात दिन सम्म त चईनी खुट्टा त लौरो जस्तो अरे, खुम्च्याम्नै नमिल्नी । मलाई तीनै दाजीले भनेको कुरा सम्झना आओ के, खुट्टा त पुरै कोदालाको बीँड जस्तो के ;) बिर्खे र काकाले त तो लाहुरेले ल्याको क्याँवोराले २-४ वोटा फुटा नि खिचेर आएस भन्थे । तेसै अर्न भनेर क्याँवोरा नि लेर गाको पुनि हो । भओ के भन्दा, तो भिर-कहेरा तिर गएसि त चईनी जम्मैका हाताँ चईनी सिरक भन्दा नि बाक्ला पन्जा हुनी केरे, तेसो भएर खासै फुटा खिच्न पाईयेन । भएका १-२ वोटा सँगीले पठाएसि टाँसमला केरे । एउटा सँगीले धन्न अलि अलि मबाईली फुना'ट खिचेको छ, हेरम कस्तो आको छ है ।
Read Full Discussion Thread for this article