Posted by: shree5 January 30, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ल है, दमालीहुर सप्पैलाई नमस्ते । चिप्लेटी खेल्न गाथेँ केरे । अब अगिल्ला अगिल्ला खेप चईनी जान्नी जान्नी साथीहुरसित जानी, तिनारु चईनी मजाले खेल्नी, आफू भने लोटेको लोटेई (लडेको लड्यै) के । अनि म लोटेको हेरेर हाँस्न पाईन्च भनेर जसले पुनि जाम भन्नी, आफू भनि जानी के फेरि पुनि लोट्नलाई । पहिले पहिलेको कुरा त अस्तिनै नि गरेको थिएँ केरे । अरु सपै जाना हुत्हुती चिप्लीनी केरे, आफू भनि टेकेर उभिन नि नसक्नी केरे । घरि दाहिने खुट्टको भाटो र देब्रे खुट्टाको भाटो चईनी नमिलेर हो कि भनेर चेक अरो, घरि उल्टो सुल्टो भओ कि भनेर हेरो, क्यार्न हुन्तो र, ढङ्ग नपुगेको कुरो पुनि । यसरी त जाद्रै जो भएन, यो पाला त चईनी म पनि सिक्छु र जान्नी हुन्चु भन्नी भओ केरे । त्याँसी अहिलेका पल्ट त एक बसभरि जो भएर हामीहुर टेर्लिङ्ग क्याउँप (ski training camp) मा गाको केरे । के के भओ थोरैथोरै कुरा सुनाम्छु है त । सुकबार चईनी गएसि मिसले पढाम्नु भओ केरे, क्यारी बाँध्नी ती भाटा, क्यारी चिप्लीनी, क्यारी रोक्नी, लोट्दा नि क्यारी नदुख्नी गरेर लोट्नी, लोटेसी क्यारी उठ्नी भनेर । त्याँसी आर्का न दिन चईनी बिहानै देखुन सर र मिसहुरले चईनी सिकाए केरे हिउँमा जो, डल्ली फुपैका छोरालाई "ताते बाबु ताते " भनेर बाटाँ हिँड्न सिकाए झैँ । सम्म ठाममा त सजिलै जो हुनी रैच, आर्का हात समातेर हिँड्न त । तेस पछि लौ जाओ लोट्न भने केरे, अनि गईयो हुलै जो लोट्नलाई । आर्का न दिन भनि आफै लोट्न पर्नी । अलि अलि जान्नी भासि त कुतकुताईहालो केरे नि, भिर - भिर जानि भाको त बिपत्तै सित लोटियो - घरि नाकका भर, घरि चाकका भर, कति लोटियो, साँदी छैन केरे । केटाकेटी हुँदा त बाँसको सुप्लामा बसेर खरबारीमा त चिप्लेटी खेलेकै हो, हे रामे यहाँ क्यार्न यस्तो गाहारो भाको होला नि । जे होस, तो दिन साँझसम्म मा भनी अलि बिसेक जान्नी जो भएँ झै माने है आफैलाई । खास टिडिक (trick) त नमेको दाईँ अर्दा गोरु खेदे झै हिँडाम्न पर्दो रच केरे खुट्टालाई पालैपालो मिहीन पारेर, त्याँसी त भई हाल्दो रच केरे नि । अब त चईनी चिप्लिन, रोकिन चईनी सपै सक्ने जो भएँ केरे । दिन भरि सकेसि बेलुका तुच्च तुच्च पारियो केरे क्याउँपमा जो । अब दिन भोरि चईनी चिसाँ पछारिँदै अरेसि त बेलुका केही बेर चईनी तो ठूली एकादसीमा फलाहार खान सखरखन्ड उसिने झै उसिन्नी तो साउना (sauna) भन्नी कराही मा बस्न पर्नी हैच केरे, नत्र त हड्डीमा जो चिसो लाग्च अरे केरे । तुच्च तुच्च पारेर कराहीमा बस्न गाको त "रउसी खाछौ?" भनेर सोधी केरे तो दैलाँ बस्नी तरुनीले । मैले नि "कति हो कति" भनेको त "यो कराहीमा बस्न पाईन्न तेस्तो फिटान रउसी खाएर त, त्यँही झिल्लिएर मोरिस भनी हामीलाई गाल पर्च" भनी केरे । अनि झन धोकेर सुतेको केरे । त्याँसी त ज्यान त चईनी लाङ्किरा (सर्प) जस्तो भाको छ । तेही दिन जो कराहीमा बस्न नपाए पछि त हुनु-हुनामी दुख्नी हैच केरे । हात-गोडा त के मुख पनि चलायो भनि दुख्छ केरे । गोडा हजारेक चोटी होला पछारिएको केरे। उठ्न नि सक्यो छैन राम्ररी त ।
Read Full Discussion Thread for this article