Posted by: sajhabusaima January 29, 2006
Request to participate (LOktantrik Geet)
Login in to Rate this Post:     0       ?        
शैलुङका गोठालो रचना/संगीत छिन्ताङ लामा पुरुषः हिउदमा लाग्यो हिउ पर्छ वर्षामा जुकाले सताउछ वर्षाको पानी हिउदको हिउ दुःखको आँशु कसरी पिउँ फेरेन कहिल्यै जिन्दगी हाम्रो वाह्रै महिना ज्यू का त्यू महिला ओइ मैच्याङ, निराश कुरा नगर बरु सबलाई कर गर फाटेर बादल आउछ घाम थाली पो सक्यो नया काम मिलेर बरु सँगै जाम दुःखीको हा“सो लिएर आम पुरुष ओ मैच्याङ, नभन त्यसो डर लाग्छ बन्दुकको सरकार छ सब जोगीले चिर्छ कान व्यर्थै जाला हाम्रो ज्यान जितेर होला अरुकै शान मान्दैन म त त्यस्तो काम महिलाः ओइ मैच्याङ, मर्दको छोरा भएर हुन्न पो सही वसेर गरेको होइन ख्याल कुरा चढेर हेरौं टाकुरा तिमी र हामी जुटे त पलाउँछ नयाँ आँकुरा पुरुष ओ मैच्याङ भएको उसो जाउँ कसो दुःखीको सुदिन ल्याउँ कसो चौंरीमा चर्ने शैलुङ लेक खाएर मात्रै आधा पेट बस्दैन अब आपाको छोरो लौ छेक दुष्ट हान्यौं बेग दुवै लौ आयौं हामी हान्दै बेग । दुवै लौ आयौं हामी हान्दै बेग ।। source: http://krishnasenonline.org/janadesh/index.htm
Read Full Discussion Thread for this article