Posted by: kick January 29, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
डल्लीलाई लेर आज ब्यानै जो बेशीओ आइतबारे हाटाँ गएँ के रे। हिँज छोपेओ दुइ सेर जति माछा नि बेच्न परो, यस्सो नुनतेल नि किन्न परो भनेर। हाटाँ पुग्दा बित्तिकै माछा जति मुन्छेहुरले हातहातै पारिहाले। त्याँसि नुनतेल किनेसी 'लौ त डल्ली, जाम अव गामतिर कामसाम सक्किहालो के रे' भनेको, के को मान्ति र तेल्ले! 'लौ हेर काका त, बल्ल त आइयो के को फर्किनि हो र यति छिटो, लौ आउनुस यता' भन्दै उल्टो बाटो पो हिनि। अब तेसै छोड्न भएन के रे उरन्ठेउली केटीलाई, लाएँ उसैका पछि जो। ओहो गाँठे के दशा लाएर गइएच हाटाँ यो डल्ली सित। मोरे मान्दिनि के रे घर फर्किन। गोठाँ डिआँ भोकै छन्, आफू चैं यता आएर काम नपा झैं हाटाँ लंठिदै तेसैको पछि पछि ब्यानभरि जो घुम्नि गराइ। नक्कलीलाई फेरि जान पर्नि चैं तेस्तै नक्कल पार्नि कुरा बेच्न राखेका ठामा। टिको-सिको, धागो, ऐना के के हो किनि। दिक्कै जो लगाई मलाई त। आफू चैं ज्याद्रै जो दंग परेओ थि फेरि। तर पछि चुरेटा काँ गएसि चैं अल्ली चोसो फालेओ थि। किन रैच र हो भनेओ त तेस्का हात मटेङ्ग्रा जत्रा साना के रे, उल्लाई ठीक हुनि त चुरै पाइनचे। अव क्यारम तो मैले? 'के अर्चिस् तो डल्ली, गारो नमान, म बटौली तिर जान लाओ छु अर्का मैना। तेइबेला तेरो नापओ चुरो लेइदिम्ला त नि' भनेर फकाएँ। त्याँसी बल्ल अलिअलि भुलि। हाट बजारलाई चारफेर जति ओहिरदोहोर अर्न परो आज तो सित लाएर, बल्ल बल्ल दिउँसो तिर आइपुगे घराँ।
Read Full Discussion Thread for this article