Posted by: kick January 28, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
आज ब्यानै जो खोलातिर माछा मार्न जान परो भनेर हिँडदै थे, बाटाँ डल्ली र शेर्पिनी सित भेट भओ। ‘कता तिर लाग्नु भो काका ब्यानब्यानै?’ भनेर डल्लीले सोधि। ‘कता जानु डल्ली, देखिनिस् यो जाल र कोर्को? यसो माछा मार्न जान लाको नि खोलोतिर’ भने। ‘ओहो काका तेसो भा त लौ हामी नि आउनु परो, माछा बटुल्न सयोग गरम्ला के रे नि’ भनि शेर्पिनिले। ‘पर्दैन पर्दैन, क्यार्नि हो तिमी केटीपाटीलाई लएर? बेकाराँ उछारबाटो नदिनलाई। हाटबजाराँ जान ला हो र? जाओ तिमुर आफ्नो बाटो म त लागे खोलातिर’ भनेर फुत्किन खोजेको मान्दै मानेनन्। ज्याद्रै जो हत्ते गरेसी ‘लौ त नि हिनओ’ भनेर दुइटीलाई लेएर गएँ। केटीहुर त अनौठै तगडा पो रैचन गाँठे! मैले जालाँ माछा के पारम्ला, तिनी दुइटीले त कुरिलाँ मैले छोपेओ भन्दा तेब्बर जो छोपेचन्। धन्न तिनलाई लएचु, आफ्ना भागाँ तीन सेर जति परो। लाउरे जेठाले देओ केमरा लएर गओ थे के रे खोलाँ नि। केटीहुरको फोटु खिचिहाले एउटो। .
Read Full Discussion Thread for this article