Posted by: KaLaNkIsThAn January 27, 2006
Login in to Rate this Post:
0
?
"सितारा" -- नाम जप्दै होष्टेल तिर लागें। होष्टेलमा आफ्नो कोठाको ढोका खोलेरा भित्र गए। कोठा भित्र roommate र उस्का ३ जना साथी हरुले कब्जा जमाएका रहेछन्। होष्टेलमा आएदेखुन roommate संग राम्रररी चिना-जानीपनि भएको थिएन। यत्तिकै मुण्टो उचालेर सबैलाई के छ भने। यत्तिकैमा नुहाउन गएका रुममेट पनि कोठामा आईपुगे। कहिले गफ नभएको रुममेट लाई पनि मुण्टो उचालेर इशारामै "के छ?" भने। तर रुममेटले जवाफमा आफ्नो दाहिने हात म संग मिलाउन म तिर लम्काए। हात मात्रे के मिलेका थिए उसको सवालहरु शुरु भै हाल्यो -- नाम के हो? कहाँबाट आएको? फिजिक्स कि बायो? सबै प्रश्नहरुको जवाफ दिएपछि उसले भने "मेरो नाम शिरिष, के गर्छौ त आज? भोलि त शनिवार, छुट्टि छ।" गाईको गोबर थुप्रेको जस्तो अनुहार भएपनि नाम र व्योहोरा असल लागेकोले मैले भने "के गर्नु? कसैलाई चिन्या छैन, कौशीतिर गएर हावा खानु पर्ला"। "हावा नै खाने हो भने किन कौशी मा खाने?" उस्ले भने, "जाने हो काठमाण्डौ हेर्दै हावा खान?"। गाँउ बाट भरखर काठमाण्डौ आएको, बसपार्क र कलेज बाहेक अरु केहि नदेखेको मैले तुरन्तै "हुन्छ" भन्ने सन्केत का साथ टाउको हल्लाए। १५ मिनेट मै हामी ५ जाना न्युरोडतिर लम्कियौ। थाहै भएन कुन सड्कोमा उसका सबै साथीहरु आफ्नोपनि साथी भएछन्। न्युरोडमा चारैतिर गाडी, पसल रा ठूला ठूला घरहरु देखेर हामी सबै रनभुल्ल भयौं। तर मेरो मन् को कुनचाँही कुना मा भने, कता कता एउटा नाम गुँञ्जिरहेको थियो -- सितारा, सितारा। को होला यो सितारा? मन् को अर्कै कुनामा भने अर्कै एउटा बेदनाले वास बसाएको थियो। रोल नम्बर १०१ कहाँ गई होलिन्? किन कलेज आईनन्? कतै उस्लाई केहि त भएन? भुगोल पार्क निर पेन-हस्पिटलको साहुजि को ट्रान्जिस्टरमा अचानक बजेको एउटा गीतले छातीको देब्रे पट्टि नशानै थिचे जस्तो भयो।
कहाँ छौ कहाँ कहाँ छौ कहाँ, कहाँ छौ तिमी कहाँ छौ कहाँ