Posted by: shirish January 27, 2006
geeti katha
Login in to Rate this Post:     0       ?        
फिजिक्सको क्लासमा रोल नम्बर १०१ लाई नदेख्दा कतै यो क्याम्पस मन नपरेर अन्त कतै गई कि भ्न्ने शंका नउब्जेको होईन ! “ह्या म पनि, चिन्नु न जान्नु के पीर गर्नु ? “ भनेर मनलाई शान्त पार्ने असफल प्रयास गरेको थिएं ! “हिजो त्यो कलंकीमा बस्छु भन्नेले पो जिस्काएको थियो कि र अन्तै ट्रान्सपर गरि कि ! त्यो त हेर्दे गुण्डा जस्तो छ ! मैले त्यस्तो मुन्द्री लगाए त बा-आमाले घर के पस्न दिन्थे ?” अनाहकमा नाना थरी कुरा खेलाउदै म केमेष्ट्रीको प्राक्टिकलको रुटीन हेर्न सूचना पाटी भा’ठाउं मा गाको थिएं ! टन्न हूलमा म आफ्नो नाम हेर्दै थिए पछाडीबाट कसैले मेरो ढाका टोपी ताने पछि मेरो पारो नचढेको होइन ! गलल् हास्ने सबैलाई पाको भए खुकुरीले टुक्रा टुक्रा पारी दिन्थें ! बा ले अरु सित झगडा नगरेस् भन्नु भआ’को नसम्झ्या भए तिनका बाबुको बिहे देखाई सक्थें ! जे होस् आफ्नो गुरुपमा एउटा नाम देख्ने बित्तिक्कै ममा एउटा अनौठो शान्ति छायो ! मानौं मेरो प्रज्वलित र कडा अम्ल (acid) मा क्षार (base) मिलाएको रासायानिक प्रतिक्रिया जस्तो र बनेको लबणको असर कस्तो यूफोरिक थियो ! यस्तैलाई भनिदो हो chemistry ! सांच्चै मेरो मनको झिसमिसेमा त्यो तारा चम्किन थाल्यो ! त्यो नाम थियो- “सितारा” ! जुगौंदेखि चिनेको अनुभुति भा’थियो! को होलान् ऊनी भन्ने कौतुहल जागेको थियो! अगाडिको चीया पसलमा मधूरो बजी रहेको थियो ! चिनारी हाम्रो धेरै पूरानो भए झैं लाग्दछ........
Read Full Discussion Thread for this article