Posted by: Bhaute January 26, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
ए परदेशी दाजै। उताका चौताराँ नि आम न। हजुरलाई मेरो तर्फबाट छुट्टै निम्तो छ ल। गाम्लेको मन सारै कमलो छ के रे। बिदेशी र बजारियाको जस्तो कठोर हैन के रे हाम्रो मन त। अब सुरु सुरुमा पस्नी मुन्छेको पैला अग्नि परिक्क्षा हुन्छ के चौतारामा। को के कति सहनशिल छ, गाममा बस्न सउछ कि सउदैन। गाम्लेका कुरा पचाम्छ कि पचाम्दैन सप्पै एउसरे अरेर हेरिन्छ के। अनि त्याँसि २-४ दिन पछि त यी पनि आफ्नै बथानका कौवा हुन भन्ने पक्को-पक्कि भएसि चैँनि दु:ख सु:खका कुरा हुन्छ। यता पनि सप्पै मिलेर यो चौतारीमा नि रमझम अरम्ला नि। कति खालि यैँ मत्रै पुर्पुरोमा हात लगा'र बस्नुहुन्छ त। हिँड्नुस खुरुक्क उता। मुन्द्रे र गोताएँ २-२ जना मीत पनि बनाइसक्नु भो हजुरले त। हाम्रा एउटै मीत छैनन् अहिले सम्म। :-) -भउते
Read Full Discussion Thread for this article