Posted by: Birkhe_Maila January 26, 2006
geeti katha
Login in to Rate this Post:     0       ?        
डेरामा फर्केपछी पनि मन एकतमासले उनलाई नै सम्झँदै थियो। पल पल त्यो रातो सुगन्ध युक्त सलले एकछिन मेरो मुहार ढाकेको याद आउँथ्यो। त्यो एक क्षण, मेरो लागि मैले अहिलेसम्म भोगेको सारा आनन्द भन्दा पनि आनन्ददायक थियो। त्यो मिठो स्पर्ष! त्यो मिठो सुगन्ध! अलिअलि कपडाको गन्ध, अलिकता कुनै परफ्युमको गन्ध र अलिकता नारीको प्राक्रीतिक गन्ध! ५ बजेको हुँदो हो बेलुकिको। म कौशिमा गएँ र छतको पर्खालमा शरिर टेकाएर उत्तर तिर हेर्न थालेँ। पर शिबपूरी डाँडा सबै काठमान्डुलाई नै जित्छु जसरि आकाशिएको थियो। त्यो भन्दा पनि पर अलि उत्तर पश्चिम तिर गणेश हिमाल हिउँदमा जिउनुको गर्व गर्दै बेलुकाको पँहेलो घाममा हाँस्दै थियो। एक हुल परेवा मेरो नजिकै बाट उडेर कतै जाँदा म उनकै यादमा हराइरहेको थिएँ। माघको काठमान्डौको साँझ, चिसो सिरेटोले मलाई एकपटक हानेर गयो, एक छिन जिउमा जाडोको आभाष भयो र तत्काल हरायो र म पनि हराएँ उनै अपरिचित सुन्दरीमा – तिमी लालीगुराँस फुले जस्ती तिमि सुनगाभा फक्रे जस्ती नहेरुँ र मन न मान्ने हेरौँ कि त माया लाग्ने तिमी को हौ, ए भन सुन्दरी तिमी को हौ, ए भन सुन्दरी
Read Full Discussion Thread for this article