Posted by: maafia January 24, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
§ गौतमजीको थालनि र अन्य मित्रहरुको होस्टेमा हैँसे सँगै बुनिईरहेको यो रंगी बिरंगी धागो अति सृजनात्मक छ । पक्कै पनि यो धागोबाट केहि अनुकरणीय गुन्द्री/कार्पेट्/लत्ताकपडा हरु बन्ने नै छन्। साधुबाद छ सबै साथिहरुलाई ! ईश्वरले तपाइँहरुको यो कदममा हौसला प्रदान गरिरहून !!! नेपाली साहित्यको रसमा रमाउने यो कलाकर्मिहरुको जमघटमा यसै प्रसंगमा मेरो एउटा कौतुहलको उत्तर पनि भेटिहालिन्छ कि ? १). नेपाली साहित्यका केहि चर्चित सृजना (क्रम संख्या २). तपशिलमा भएका बाहेक पनि) का अङग्रेजी/फ्रेन्च्/जर्मन मध्य कुनै पनि भाषामा अनुबादित संस्करण उपलब्ध छन कि छैनन होला ? यदि छन भने कहाँबाट/कसरि हात लगाउन (पैँचो लिन, पढ्न, किन्न) सकिएला ? २). तपशिल (खोजी गरिएका रचना/साहित्यकारहरु आफैं वा तीनिसँग 'मिल्दो जुल्दो') : - पारिजात : शिरिषको फुल (blue mimosa), मैले नजन्माएको छोरो, ... - डाइमन शमशेर जबरा : सेतो बाघ, बसन्ती, ... - भुपि शेरचनका कबिताहरु - बि पि कोइरालाका छोटा कथाहरु - लक्ष्मी प्रसाद देबकोटा, तारानाथ शर्माका निबन्धहरु - इन्द्र बहादुर राईका कथाहरु - ............... - अन्य (तपाईँहरुको जानकारि/सुझाब मुताबिक) सहयोगको लागि अग्रीम धन्यबाद्.... जधौ । 'माफिया'
Read Full Discussion Thread for this article