Posted by: Ignitor January 23, 2006
Baburam's Latest Article
Login in to Rate this Post:     0       ?        
आगामी परिदृश्य ०५८ सालदेखि 'असोज १८' र 'माघ १९' हुँदै अहिलेसम्म आइपुग्दा राजाको निरङ्कुशतावादी 'रोडम्याप' बिलकुल प्रस्ट छ । माघ ७ को जनप्रदर्शनविरुद्धका दमनकारी हर्कत र पार्टीका नेताहरूको धरपकडलाई हेर्दा राजा सो रोडम्यापबाट टसमस हुने पटक्कै सम्भावना छैन । यस स्थितिमा कतिपय दलका नेताहरूले अझै पनि 'सेरेमोनियल मोनार्की' को कुरा गर्नु र विशेषतः अमेरिकी लबीको आडमा राजासँग सुलह-सम्झौताको सपना देख्नु सरासर हास्यास्पद र लज्जास्पद छ । आमपार्टी कार्यकर्ता, नागरिक समाज र जनसमुदाय अब लोकतान्त्रिक गणतन्त्रभन्दा तलको कुनै पनि सर्तमा सम्झौता गर्ने र उर्लिंदो आन्दोलनको वेगलाई रोक्ने पक्षमा पटक्कै छैन । नेपाली इतिहासमा सम्भवतः पहिलोपटक प्रमुख अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूसमेत राजतन्त्ररहित नेपालको परिकल्पना गर्ने स्थितिमा क्रमशः पुगिरहेछन् । त्यसैले आन्दोलनकारी नेतृत्वले अब आन्दोलनलाई राजामाथि सम्झौतानिम्ति दबाब दिने ढङ्गले होइन कि लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेर संविधानसभामार्फत राज्य र सेनाको पुनर्संरचना गर्ने, जनस्तरमा स्थापित भइसकेको मागलाई स्वयम् कार्यान्वयन गर्ने ढङ्गले अगाडि बढ्ने बेला आइसकेको छ । एक युगमा एक दिन एकचोटि आउँछ ... भन्ने कवि गोपालप्रसाद रिमालको त्यो एक दिन सायद धेरै टाढा छैन ।
Read Full Discussion Thread for this article