Posted by: shree5 January 22, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हिजो साँझ पँधेरा जान परो, जमुनि माईत गई केरे । त्याँसी पँधेरा जाँदा त दोबाटेका दोकान बाहिर झ्याउँ, झ्याउँ आबाज आईराको केरे । हैन के भओ, क्यार्न लायेचन्र हो दोबाटेका दोकानाँ भनेर डोको र गाग्री तेँही बिसाएँ । त्याँसी येसो भित्र छिरेको त भउते, काका,नमे, साईँलो, गोताएँ जम्मै भ'र तास खेलिराका जो रैचन। रम्मी र कलबिरेक भन्नी ग्याम खेलेका अरे । म गा'सि सप्पै झसँग भए, त्याँसी फेरि जिम्माल नि आईपुगे केरे । कोरम नपुगेर जिम्माललाई कुरि राका रैचन है । अनि दोबाटेकी दुलहीले चना र मटर केराउ भुटेर पिलेट-पिलेटाँ भाग लाईदिईन। मलाई नि दिए है एक पिलेट चाख्न, नामुन्त नुन चर्को बनाईचन फेरि दोबाटिनी भाउजुले । तुच्च-तुच्च नि पार्नी सल्लाहा रैच कि कुन्नि । काकाले मलाई "सिरे केटा, बस आज एउछिन यतै जो, रमाईलो हुन लागेको छ" भन्थे । मैले भनि "जहान माईत गाकि छ, घराँ थोपोछिटो पानी छैन। म त तेही भएर पानी लिन हिँडेको पँधेरा तिर, येसो ३-४ गाग्री पानी पुराम्न परो नि। घरको रोँचे भर्न परो भोलि बिहानलाई कुँडो पकाम्न लाई नि " भनेर भने । पँधेरा बाट पानी लिएर फर्किँदा नि क्यारेका होलान भनेर कान थापेर सुनेको त भउतेको स्वर सुनेँ बाहिरैबाट । स्वर त लरबरिएकै थियो, रउसी धोकेछन कि कुन्नि । त्याँसी, "गाला पनि कति राम्रा र मस्याईला हुन् तिम्रा त " भनेको सुने भउतेले, उता काकाले "मैले भनेको हैन त , ल हुन्छ भन भोलि जो बिहा अराम्चु" भन्दै थिए । जिम्मालले "हैन, हल हल, पर्ख त,हिजाज लगन छैन, धार्जे गरओ त" भन्दै थिए । जिम्माले भने रउसी खाका जस्ता थिएनन् है ।भनेसि कुन चईनी उखर्माउली होटेल्नी सित हो कि तेही दोबाटेकी छोरी सेती सित भउतेको बराउनी अर्न लागे कि जस्तो नि थियो । धन्न जिम्माल ले भनि होस पाए जस्तै कुरा अर्दै थिए केरे । तो दोबाटेकी छोरी त अस्तिनै कुन चईनी लाहुरेसित पोईला गाकि हो, फेरि घर खान नसकेर माईत बसेकी छ केरे । तास खेलाएर र रउसी ख्वाएर भउतेलाई फँसाम्न त आँटेनन कतै ? अब म त जान्न तेँहा नेपरेर पनि । मुन्द्रेलाई पठाम्न परो, बरु गएर माउवादी गए झै गरेर भए पनि तिनीहुरलाई त्याँहाबाट लखेट त भनेर भन्न पर्ला जस्तो छ । Keep rolling...
Read Full Discussion Thread for this article