Posted by: gwajyo January 22, 2006
Royal and Nagarkot Massacre
Login in to Rate this Post:     0       ?        
हत्याराको आत्महत्या नगरकोटको चिहानडाँडामा बाह्र जनाको एकै चिहान भएको समाचार जति बेला सुनियो त्यति बेला नै आफूलाई त लागिसकेको थियो त्यो एकै जनाको काम हुनर्ुपर्छ भनेर । त्यति थाहा पाउन कुनै ठूलो जाँच आयोग गठन गरिराख्नै पर्ने थिएन । आखिर पत्ता लगाउनुपर्ने कुरै के थियो र ! त्यही निष्कर्षनिस्क्यो जो पहिलेबाटै प्रस्ट थियो । यस टुँडोबाजलाई त झन् पटक्कै द्विविधा थिएन । उसलाई पक्कापक्की थियो त्यो काण्ड वासुदेव थापा नामको सिपाही एक्लैले मच्चाएको हुनर्ुपर्छ भन्नेमा । हातमा बन्दुक हुनाले त्यसको तागतबाट मात्तिएको मानिसले यस्तो काम एक्लै गर्छ, कसैको सहयोग उसलाई चाहिँदैन । हरेक कुरामा मीनमेख गर्नेहरू हामीकहाँ प्रशस्त छन् । कसरी एक्लो वासुदेवले त्यतिका मानिसलाई गोली हानी मार्न सक्छ - उनीहरूले शङ्का व्यक्त गरे । उनीहरूले इतिहासलाई बिर्सर्ेे उनीहरूले पाँच वर्षघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डलाई बिर्सर्ेे उस बेला पनि मन्दमतिका यस्तै खुराफातीहरूले खूबै हल्ला मच्चाएका थिए । उनीहरूले त्यस काण्डपछाडि भीषण षड्यन्त्र देखे । र्‍याम्बो शैलीमा यस्तो घटना एक जनाको हातबाट हुनै सक्तैन भने । उच्चस्तरीय आयोगको निष्कर्षाई समेत र्‍याट्या...ट्या... छानबिन भनेर खिल्ली उडाए । तर आज वासुदेव थापाले चलाएको प्रत्येक गोलीले त्यस्ता शङ्कालु विचारलाई छियाछिया पारिदिएको छ । दरबार हत्याकाण्डमा तत्कालीन युवराजले दश जनालाई गोलीको शिकार बनाइसकेपछि पिस्तोलले आफ्नै कन्चट उडाएका थिए भने नगरकोटमा सिपाही वासुदेवले एघार जनाको ज्यान लिइसकेपछि हातको एस.एल.आर. आफ्नै छातीमा पड्काए । यसबाट फेरि एकपटक पुष्टि भएको छ एक जनाको हातबाट धेरै जना मारिन सक्छन् भनेर । भोलि वासुदेवझैँ कुनै हतियारधारीले यही नेपालमा एक्लै तीस जनालाई मार्‍यो र पछि काँधमा चढाएको ट्याङ्कभेदी वाजुका लाई आफैँतिर फर्काएर आत्महत्या गर्‍यो भने पनि म त पत्याउँछु । गिनेस बुक अफ रर्ेकर्डस मा अभिलेख हुनसक्ने हत्याराको आत्महत्या जस्तो कुरालाई किन नपत्याउनु ? http://www.nepalihimal.com/2062/magh-1-15/ritubichar.html
Read Full Discussion Thread for this article