Posted by: Ocean January 22, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
मन रहे पो माया प्रिती, हाँसखेल हिरा मोति मनै मरे के को तिर्सना.. होऽऽऽ मनै मरे के को तिर्सना.. मन फुले पो हरियाली, पोहोर साल यसपाली मनै झरे के को तिर्सना.. होऽऽऽ मनै झरे के को तिर्सना । जति बाँधीराखे पनि मुहान सरि फुट्दो रैछ मन गँगा जति बगे पनि आफैभित्र सुक्दो रैछ मन जति शिखर टेके पनि उल्का सरि खस्दो रैछ मन जित्न सबलाई जिते पनि आफैसँग हार्दो रैछ मन मन रहे पो माया प्रीतिऽऽऽ..... आफ्नै आगन् पुरिदिन मझेरी त कस्ले खन्थ्यो र यति सुन्दर कोमल मनलाई कस्ले त्यसै भाँचू भन्थ्यो र बुझ्नै पर्ने कुरो यौटै साँचो माया हराउँदैन अरकाको मन भाँची आफ्नै मन त पलाउँदैन मन रहे पो माया प्रीति, हाँसखेल हिरा मोति मनै मरे के को तिर्सना.. होऽऽऽ मनै मरे के को तिर्सना मन फुले पो हरियाली, पोहोर साल यसपाली मनै झरे के को तिर्सना.. होऽऽऽ मनै झरे के को तिर्सना । मन रहे पो माया प्रीतिऽऽऽऽऽऽऽ (यम बराल)
Read Full Discussion Thread for this article