Posted by: gwajyo January 21, 2006
Everyday Loadshedding in Nepal
Login in to Rate this Post:     0       ?        
सातामा १७ घन्टा बिजुली बन्द हरेक दिन लोडसेडिङ विकास थापा काठमाडौं, माघ ८ - विद्युुत् प्राधिकरणले आइतबारदेखि प्रत्येक उपभोक्ता घरमा साताको १७ घन्टाका दरले लोडसेडिङ गर्ने भएको छ । यसअघि साताको एक पटक साढे तीन घन्टा मात्र विद्युुत् आपूर्ति बन्द थियो । प्राधिकरणका अनुुसार लोडसेडिङ अब बिहान र अपराह्न पनि थपिएको छ । प्रतिघर सातामा दुुई पटक बिहान तीन घन्टा, दुुई पटक बिहान दुुई घन्टा, दुुई पटक अपराह्न दुुई घन्टा र एक पटक साँझ तीन घन्टा विद्युुत् कटौती हुुनेछ । बिहान साढे पाँचदेखि साढे आठ, छदेखि नौ, साढे आठदेखि साढे दस र नौदेखि एघार बजे लोडसेडिङको परिवर्तित समय हो । यसअघि गत पुुसमा बेलुुकी साढे दुुई घन्टा र एक घन्टा गरी साढे तीन घन्टा मात्र भएको थियो । आगामी फागुुनमा स्थिति योभन्दा भयावह हुुनेछ, त्यतिखेर ८ लाख ३६ हजार युुनिट विद्युुत् कटौती गर्नुुपर्ने प्राधिकरणको अध्ययनले देखाएको छ । पुुसकोभन्दा माघमा विद्युुत् अपुुग झन्डै दोब्बर भएपछि यो स्थिति आएको हो । पुुसमा प्राधिकरण प्रणालीमा तीन लाख नौ हजार युुनिट बिजुुली अपुुग थियो । प्राधिकरण स्राेतका अनुुसार माघमा पाँच लाख ८८ हजार युुनिट बिजुुली अपुुग छ । अत्यधिक चिसोले जलविद्युुत् गृहका उत्पादन क्षमतामा ६० प्रतिशतभन्दा बढीले र्‍हास आएको तर माग भने बढेका कारण कटौती गर्नुुपरेको प्राधिकरण अधिकारीको भनाइ छ । प्राधिकरण प्रणालीमा ९२ मेगावाटको कुुलेखानीबाहेक सबै विद्युुत्गृह बगिरहेको नदी -रन अफ रिभर) मा आधारित छन् । स्राेतका अनुुसार एक मात्र जलाशययुुक्त विद्युुत्गृह कुुलेखानी -पहिलो र दोस्राे) मा पानी नभरिनाले स्थिति नाजुुक छ । यसपालि कुुलेखानीमा १० मिटर पानी भरिएको छैन । उत्पादन कम भएका बेला प्राधिकरणको विद्युुत् चुुहावट एसियामा सर्वाधिकमध्ये पर्छ । हाल २५ प्रतिशतभन्दा बढी विद्युुत् चुुहावट छ । एक प्रतिशत चुुहावट नियन्त्रण गर्दा ६ मेगावाट बिजुुली उत्पादन गरेसरह हुुन्छ । चुुहावटको भारसमेत उपभोक्तामाथि महसुुल र लोडसेडिङका नाममा परिरहेको छ । प्राधिकरणको अर्का एक इन्जिनियरले दुुई-तीन ठाउँमा प्रमुुख प्रसारण लाइन सुुदृढीकरण हुुन नसकेकाले पनि लोडसेडिङको समय बढेको औंल्याएका छन् । भरतपुुर-हेटौंडा, भरतपुुर-बर्दघाट, भरतपुुर-पोखराजस्ता अति महत्त्वपूर्ण प्रसारण लाइन निर्माण तथा सुुदृढीकरणमा प्राधिकरणले ध्यान नदिँदा उत्पादित क्षमतामा प्रसारण नहुुने र चुुहावट पनि उच्च हुुने उनले बताए । व्यवस्थापनले समयमै माग व्यवस्थापन नगरेकाले कठोर लोडसेडिङको स्थिति आएको प्राधिकरणका एक निर्देशकले बताए । कम विद्युुत् शक्ति खपत हुुने सामान प्रयोग गरेर करिब १५ मेगावाट घटाउन सक्ने प्राधिकरणको योजना कार्यान्वयन हुुन नसकेकाले यो स्थिति आएको उनको दाबी थियो । ग्राहकलाई त्यस्ता उपकरण खरिद गर्न सम्पूर्ण व्यवस्था गरिसकेको थियो । 'वितरण तथा ग्राहक सेवाले चासो नदेखाएकाले समयमै माग व्यवस्थापन हुुन सकेन,' ती अधिकारीले भने । प्रत्येक वर्ष कम्तीमा ६० मेगावाटका दरले विद्युुत् माग बढिरहेको छ । eKantipur.com
Read Full Discussion Thread for this article