Posted by: ashu January 21, 2006
Remembering Atul Gautam
Login in to Rate this Post:     0       ?        
अतुलको सम्झनामा तबलावादक अतुल गौतमलाई विशेष कार्यक्रमसहित शनिबार सम्झना गरियो । प्रज्ञाभवनमा भएकोे ३५ औं अतुल जयन्तीमा 'सुकर्म' ब्यान्डले निरन्तर २० मिनेटसम्म शास्त्रीय धुन बजाएर उनको स्मरण गर्‍यो । एक वर्षअघि दिवंगत गौतमलाई सम्झने चाँजो कविप्रसाद गौतम हरेराम संकीर्तन कुञ्जले मिलाएको हो । कार्यक्रममा अतुलको जीवनीमा आधारित निरञ्जनजंग थापाद्वारा निर्र्मित वृत्तचित्र लोकार्पण गरिएको थियो । उनको आध्यात्मिक र सांगीतिक जीवनका सफलता र संघर्ष समेटिएको २५ मिनेट लामो वृत्तचित्रको कार्यक्रममा प्रदर्शन पनि गरिएको थियो । त्यसै अवसरमा उनीसँग संगत गरेका र परिचितहरूको संस्मरणहरू समेटिएको 'अतुलनीय अतुल' स्मृति ग्रन्थ पनि सार्वजनिक गरियो । रामशरण दर्नाल, रवि प्राञ्जल र जीवनाथ खनालद्वारा सम्पादित ग्रन्थको कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष हेमराज ज्ञवालीले लोकार्पण गर्नुभएको हो । समारोहमा चट्याङ मास्टर, डा. चिन्तामणि योगी, प्रह्लाद चैतन्यलगायतले अतुलले तबलामार्फत पुर्‍याएको सांगीतिक योगदानबारे चर्चा गरेका थिए । स्मृति ग्रन्थ र वृत्तचित्र लोकार्पणमा पुगेका निम्तालुहरूमाझ अतुल पत्नी सुरचिताले अतुलको अभियान अघि बढाउन सहयोगको आग्रह गरेकी थिइन् । Posted on: 2006-01-21 20:18:44 - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=63354 ******************************* Also see this: - http://ww.gbnc.org/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=18769 And this too: - http://www.nepalitimes.com/issue231/strictly_business.htm
Read Full Discussion Thread for this article