Posted by: Nepe January 21, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
राजाले अक्टोबर २००२ मा सत्ता लिएदेखि "लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलन" ले अगष्ट २००५ मा गणतन्त्र नै जनआन्दोलनको लक्ष भएको घोषणा गर्नु अघि सम्मका ३ वर्ष लामो समयसम्म दूईचार दर्जन देखि सयौं पार्टी कार्यकर्ताले गर्ने नाराजुलुश नै गिरिजाबाबुको नेतृत्वले गर्न सक्ने र गरेका आन्दोलन हुन् । "लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलन" ले घोषणा गरेको गणतन्त्रवादी आन्दोलन, एमालेले गरेको गणतन्त्र लक्ष भएको घोषणा र खास गरेर माओवादीको १२ बुँदे सहमतिको प्रतिकात्मक अर्थद्वारा स्थापित भएको लोकतान्त्रिक गणतन्त्रको साझा गन्तव्य पश्चात् सडकमा उर्लेको सर्वदलिय गणतन्त्रवादी मानव महासागरले गिरिजाको असान्दर्भिकतालाई स्पष्ट पुष्टि गर्छन् । गिरिजा अहिले सम्म दुईजिब्रे कुरा गरेर बचिरहेका छन् । तर जुन दिन एउटै जिब्रोले गणतन्त्रको खुलेर विरोध गर्नेछन्, त्यो दिन उनलाई उनकै कार्यकर्ताहरुले जुत्ताको माला लगाईदिएर शहर घुमाउने छन् (यो चाहि मैले काँग्रेसकै पुराना कार्यकर्ताबाट सुनेको हुँ, अपमानजनक शब्दको क्षमाप्रार्थी छु) । अब आन्दोलन सम्वैधानिक राजतन्त्रमा झर्ने सम्भावना नभएको त छदैछ, यो तथाकथित एक सम्भाव्य सम्झौता भनिएको "Ceremonial monarchy" को पनि राजा र आन्दोलित जनता दुवैलाई अस्विकार्य हुने स्पष्ट देख्छु म । पहिले राजाको कुरा गरम । ज्ञानेन्द्रको दिमागी हालत ठीक नभए दैव जानुन्, तर उनी सामान्य छन् भने यति चाहिं प्रष्ट छ उनले राजसंस्थालाई दीर्घजीवी बनाउने कुरा त कल्पना पनि गरेका छैनन् । ईज्जतविहिन र शंकास्पद ईतिहास बोकेका यिनी झन् शंकास्पद परिस्थितिमा राजा बने पछि यिनीसंग देखाउन लायकको ग्लेमरस कुरा केही थिएन । भनम् न, यिनी परिचयविहिन थिए । त्यसैले एउटा परिचयविहिन र अपमानपूर्ण (स्वयंको छवि र यिनका सुपुत्रको सार्वजनिक जीवन को कारण ले) जीवनको राजा बनिरहनु भन्दा कुनै क्षणिक दुस्बहादुरी देखाएर उनको परिचयमा "ग्लेमर" जोड्नु यिनले ठीक ठाने । अक्टोबर २००२ यताका र नि:सन्देह फेब्रुअरी २००५ को कदम यिनले पछाडी फर्कन गरेका होईनन् । यिनलाई थाहा छ, यतिका गरिसके पछि अब यिनले आँखा झिमिक्क गर्ने बित्तिकै साराले यिनलाई ङ्याक्छन् र गद्दिमै बसे पनि जिन्दगीभर यिनले जुन छि:छि: र दुर दुर र अपमान पाउनेछन् त्यसले यिनलाई आत्महत्या गर्नु बाहेक अर्को मुक्ति दिने छैन । त्यसैले कायर बसुवा भन्दा बहादुर भगुवा बन्ने योजना हो यिनको । यिनी सकेसम्म दबाएर यत्तिकै चलाउने, नसक्या दिन टाप ठोक्ने तयारीमा छन् यिनी । यो सब थ्योरी यिनी सद्दे भए मात्र लागु हुन्छ है । अब, आन्दोलित जनताको कुरा गरौं । अहिले आन्दोलित जनता र १२ बुँदे कागजपत्रबाट बहुदलिय लोकतान्त्रिक पद्दतिप्रति प्रतिवद्दता जनाएर राजनैतिक लेजिटिमेसी कमाउदै गरेका सशस्त्र माओवादीहरुले राजसंस्थालाई स्वीकार गर्ने सम्भावना देख्दिन म । लौ कथंकदाचित कुनै तरिकाले, कुनै परिस्थितिमा केहीले राजसंस्थालाई स्वीकार गरेछन् रे भने पनि एउटा ठूलो हिस्साले गर्ने छैन । र राजनैतिक अस्थिरता र अशान्ति जारी रहनेछ । र घुम्दै फिर्दै रुम्जाटार हुनेछ । त्यसैल मलाई लाग्छ, सेरेमोनियल राजतन्त्र जस्ता कुरा आदर्शवादी मंगलकामना त हुन् तर धरातलिय यथार्थ भने गणतन्त्रको लागि तयार भईसकेको छ । बाँकी कुरा त ईतिहासले स्वयंले तय गर्ने कुरा हो । मैले गिरिजाबाबुलाई सलाम ठोक्न स्वीकार गर्नु नगर्नुले नेपालको आगामी ईतिहासलाई केहि फरक पार्ने छैन । बरु मेरो आफ्नो ईतिहासलाई भने धेरै फरक पार्नेछ । त्यसैले केही स्वार्थवश गरेको निर्णय हो मेरो । ______________
Read Full Discussion Thread for this article