Posted by: Dada_Giri January 21, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
चौतारीमुनि लालेले खच्चर चराम्दै थिए। यतापट्टि डिलमुनि साँहिलाले गाई चराम्दै थिए। जिम्मालले दिगदार भर दाह्री कनाए, अनि एक्लै गन्थन गर्दै थिए मेरा झैँ। "यी नेताहरु पनि गधा जस्ता काम नलाग्नी भर कुरो बिउरेको हो।" मुन्द्रेले गोटी चाल्दै "हो त नि जिम्मालबा!" भुनेर बोल्नै आँटेको थियो। तल्तिरका गधाले ट्वाक्क सुनेछ, घाँस खानै छोडेर रिसाम्छ बा! "ए जिम्माल, मुख समालेर बोल।" "हामी गधाको काम देख्या छैनौ? यो दुर्गममा नुनतेल ल्याम्नी कल्ले हो? नेतासित तुलना गरेर Discriminate गर्दाखेरि अहिले जान्या छु फेरि।" जिम्मालले कुरो सम्सोधन गरे, शब्द फेरेर। "मैले तँलाई के भनिचू?" "नेताहरु गोरु जस्तै काम नलाग्ने भए पो भन्या त।" फेरि उता साँहिलाका बहरले "गोरु" भनेको सुनेछ। "क्यारे! बुडा! तेसै बोल्चौ? तिम्रो खले गरो जोतेको काँध अझै दुख्दैछ? हाम्रो काम छैन, अहिले फेरि जान्याछु बुडालाई त्यहाँ हाम्लाई नेतासित तुलना गरेर Discriminate गर्दाखेरि " भनेर घुर्की लायो। अनि बुडा घोरिए अलिबेर र उखानै फेरेर भने बरा गधा र गोरुलाई- "हैन तिमेरु पनि कस्तो नेता जस्तो बिग्रेको?"
Read Full Discussion Thread for this article