Posted by: Birkhe_Maila January 21, 2006
Login in to Rate this Post:
0
?
एउटा यथार्थ! शायद धेरै साथिहरुले भोग्नुभएको होला
एक्लोपना –
हरेक रात, विरक्तिएको उदास गित संगै,
मेरो एक्लोपना बग्न थाल्छ।
मदीराको तातो स्पर्शले
मलाई जलाउँदै भए पनि,
एकछिन साथ दिन्छ
र भोलीसम्म बाँच्ने साहस फुक्छ।
बितेका हरेक पलहरु,
एकछिन आँखा अगाडी चल्न थाल्छन।
एकछिन मै ति हराउँछन
र मेरो अनिश्चित भविश्यले,
फेरि मलाइ भित्रै देखि खान थाल्छ।
म चोइटिन्छु, खण्डित हुन्छु र फुक्लिन्छु ।
फेरि ति चोइटिएका टुक्राहरुलाई,
म जोड्ने प्रयत्न गर्छु।
फुक्लिएको ‘म’ लाई म टाँस्न खोज्छु।
फेरि एकछिन,
मेरो आफ्नै अस्तित्वमा म हुन्न।
नशाले मेरो नसा नसा ओगट्दा,
मेरो ‘उदासी’ मेरो हरेक तन्तु बाट निस्कन्छ!