Posted by: Ocean January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
दाजै, कुरो त मुनासिब नै हो । कुनै दल लाइ कौडी या द्रव्य प्रदान अर्नी कुराँ त मेरो नि मतो तेस्तै हो । तर, अपुर कुराँ नि मदद् नअर्नी हो भने त अनि क्यार्नी हो तो नी यो देशलाइ ? मलाइ त के लाउच भने नी, समस्या भनेका गिरिजा र माकुने होइनन् के रे । खासमा समस्या भनेका बाजेया पाला देखुन्ट बसेको हाम्रो बानी बेहोर (attitude) पो हो भन्चु म त । त्यै भ’र गिरिजा जुग गएनी गगनेओ जुग आए नी, सपै तिनै बाउका पुत्र हुन एउडै आश्रममा पडेक एउडै आमाका दुध खा’का ! म त केइ हुनि देउथिन कसो अरम्? मलै त अचेल कसैको नि भर लाउन छोडो, तातो न छारो ! त्यै पनि एउपल्ट परजातन्तर आओ भने भगवान का औतारलाइ नैवेत र परसादमै चित्त बुजाउन पर्नि बनाउनी र हाम्रो यो परजातन्रको गेडाँ आँखै लाउन नपाउँनी भन्नी बना’र लान पाए देखुन् त यी पाटी लाइ अनिखेर समयले आफैँ खारेर परिमार्जन अर्दै लान्तो, हामि नी हाम्रा बुताले भ्याएसँ इनका निगरानी अर्तेम । गिरिजा र माकुने बुद्दिहरुलाइ पनि समयले पक्कै सुस्तोरी पाखा लाम्त्यो होला कि भन्नी लाइच है मलाइ त ! अइले लाइ त गिरिजै लाइ भए नी मदत दिन पर्नि होइन र ! अब हाम्रा देशलाइ आजै अइल्यै एउडा निकास नदिइ नहुनि भ’छ के रे । यस्ता बेलाँ कमसे कम सजिलो सित मुन्छे हिन्नी यौटो निकासको गोरेटो तिनै पाटीका बलले बनाउन सके पो पछि बाटो चक्ल्या’र हाम्रा गाइ, गोरु गाडा सपै हिन्न मिल्नी बनाउन सकिएला । “जाँ गारो हुइँ सारो” भन्यास्तो सपै पाटीलाइ अइले गा’रो प-याबेलाँ “तिमोरु क्यै लछार्न सउतैनौ त्यै भ’र म सित ट केइ नि पाउँदेनौ” भनेर पाटीलाइ हामी सँ भ’को उर्जा नदिनि हो भने र ती सँ भ’को बल उपयोग नअर्नी हो भने तो नागरिक समाज नी आर्का तिर’ट हेर्दा निर्बलीयो देखिनि पो हो कि ? खोइ क्याओ क्याओ, लौ दाजै नै जान्नोस् मेरा ओखरका गेडाअत्रा दिमाकाँ पसेन अस्तो लाओ यो कुरो ! लौ मोरेँ म त बरबातै भो ! अब दम्तरीहरले सुने भने मलै “तँ चौताराँ आ’र राउनीतिया कुरा अर्नी” भनेर कराम्नी भए ! म त दुकुरेँ अब घर तिर !
Read Full Discussion Thread for this article