Posted by: sajhabusaima January 20, 2006
Ganatantra ko awaj dabuna nasake pachi curfew
Login in to Rate this Post:     0       ?        
khadka010 जि देसको जति प्रतिशत नेता हरु ले भ्रष्टाचार गर्थे त्यो भन्दा कयौ गुना पैस दरबार जान्छ बिभिन्न बाहाना मा न त त्यसको कुनै लेखा जोखा छ न त हिसाब किताब (किनकि अहिले सम्म राजा भनेका भगवान रुपि थिए र उनले गरेका सबै काम कानुन भन्दा माथि को थियो: (हाल न्यायधिस ओझा), तपाइ यहा एउटा लाउडा वा धमिजा को कुरा मा अडकिनु भएको छ तर तपाइ ले सोच्नु पनि भएको छैन बार्षिक कति पैसा दरबार जान्छ र जुन जनता को टाउका मा ऋण भएर अडकिन्छ । अनि अर्को कुरा तपाइ हामि नेता बिग्रे का कुरा मच्चि मच्चि गर्छौ र तिनि हरु लाइ बिगारन हामिनै गएका थियौ पेसा लिइर त्यिनि हरु का ठाउ मा हजुर यो काम गरिदिनु पर्यो भनेर । अहिले उनिहरु ले भनि पनि रहेका छन कि हामि बाट गल्ति भयो भनेर । ल यि बिग्रे वा गुहिए तर यि भनेका १० बर्ष का लागि हुन बढिमा त्यस पछि अर्को पुस्ता आउने छ । हामि ले प्रजातन्त्र को राम्रो सँग उपभोग कहिले पनि गर्न पाएनौ जहिले पनि दरबार ले नकारात्मक भुमिका खेलिनै रहयो। अमेरिका , यु के को कुरा गर्नुस बा अरु बिकसित देस हरु को कुरा गर्नुस सबैमा यसलाइ राम्रो सँग हुर्काइएको छ तर हामि का जहिले पनि जरा देखिनै निमोठने प्रयास भयो। आज सम्म यदि तपाइ ले सच्चा दिल ले भन्नु हुन्छ भने कति वटा परस ले हामि जस्ता साधारण नेपालि मारेको देख्नु भएको छ ,खै त कार्बाहि झन प्रमोसन भएर राजकुमार। तर तपाइ वा म गएर मारु त पारस त दुर को कुरा उनका चम्चा वा उनका आफ्नत लाइ तपाइ लाइ त्यहि मार्छन किनकि हामि भनेका जनता होइनौ रेति हौ र उनिहरु भनेका हामि का मालिक हुन र अहिलेको युद्ध भनेको मात्र प्रजातन्त्र को लागि होइन समन हक र एउटा मुक्ति को लागि पनि हो । हजुर को प्रस्न म हजुर लाइ नै दोर्हाएर सोध्न मन लाग्यो कति जना मान्छे जुनाब मा उठदैछन र काठमान्डौ नगरपालिका मा को उठदैछ थाहा छ तपाइ लाइ? यो भनेको त १७ साल र २०४६ साल मा हाम्रा बाउ बाजे लाइ जसरि झुक्कयायो दरबार ले त्यसरि नै झुक्याउने चाल हो , त्यो भन्दा अरु केहि पनि होइन । युद्धमा होमिएका नेपालि जनता लाइ चुनाब को नाटक रचेर युद्ध रोक्छु भनेर दरबार ले सोचेको खेल हो तर दरबार अहिले हारि सकेको छ । यो प्रस्न को उत्तर गोगल.कम मा खोज्नु भए मा हामि ले दिने भन्दा तपाइ ले धेरे उत्तर पाउनु हुनेछ। all the people's right your are talking about and democracy... just tell me what is the base in which democracy stands... यो प्रश्न को उत्तर चुनाव पछि को परिणाम हे्नुहोला अनि फेरि सोध्नु होला । त्यति खेर हामि जबाफ लेख्ने छौ। if i'm not wrong its election... now ya tell me brother who has called for the election and who are trying to run away from it... एक पटक म के भन्न चाहान्छु भने माओबादि र पार्टि ले बोकेको सिदानत फरक छ । यदि तपाइ ले लोक तन्त्र र गणतन्त्र को फरक पत्तालगाउन सक्नु हुन्न भने शब्दकोष हेर्नुहोस। again if i'm not wrong its the political parties and maoists... जाहा पनि जुन देस मा पनि प्रजातन्त्र जनता को साथमा हुन्छ र यसलाइ हिडाउने जनता ले जिताएका मानछे हुन्छन पेवा मा आएर छलाउने हिजडा हरु होइन । now tell me who is in the favor of people's right and democracy and who is not... अरु केहि प्रश्न छ भने प्लिज साझा मा लेख्न नभुल्नु होला। हस्त उहि साझाबसैमा
Read Full Discussion Thread for this article