Posted by: Nepe January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
स्नेहपूर्वक मेरो उत्साहवर्धन गरिदिनुहुने समुन्द्रे, ईश्वर, दादा, पोखरेली, बिर्खे, पिरती, मुखिया, सप्पैप्रति नतमस्तक छु है म । >नेपे दाईको गजल नि मज्जाओ लाओ। >आजकल त्यो के जाति अस्तिन जस्तो >भट्ट्याएकै हेर्न मिल्ने ठाम छैन? जिम्मालबाको यस्तो प्रोत्साहन सुनेसी मनाँ एउटा रहर पलाअछ, भनुम् कि नभनुम् भो । कसैले ओठ लेब्र्याएछन् भने, भनम् है, म बीचैमा रोकम्ला । रहर कसो भने, यसो दुईचार शहरमा गजल कन्सर्ट गर्ने । त्यो पनि आफ्नो छनोटको परोपकारी कामको लागि दानदक्षिणा बटुल्ना हिसापले । अब त्यस्तो कुरामा के ओठ लेब्र्याईन्थ्यो भन्नुहोला । तर जे उद्देश्य मेरो मनाँ छ, त्यो परोपकारी नै चाहिं होईन । कसैको लागि उपकारी, कसैको लागि अपकारी । "शान्ति र लोकतन्त्रको लागि नागरिक आन्दोलन" - ल मैले मुख फोरें । अस्तितिर पुन्टेदा लगायत केही हामेरुले नयाँखर्कबाट केही रकम पठायौं । तर हामीले गर्न सक्ने र गर्न धेरै बाँकी छ । नागरिक आन्दोलन नै किन भन्नुहोला । दलहरुलाई त म फुट्या कौडी पनि दिने पक्षमा छैन । गिरिजा युग समाप्त नभए सम्म दलहरुलाई मेरा कण्डाले पनि सलाम गर्ने छैन । नागरिक आन्दोलनलाई म के रुपमा हेर्छु भने यो गिरिजाको सर्वेसर्वत्व र निर्विकल्पतालाई अघोषित रुपमा हाँक दिन आएको हो । यति कारण नै अहिलेलाई काफी छ मेरा निम्ती नागरिक आन्दोलनलाई सहयोग गर्न । ल मेरो कुरा यत्ति हो । __
Read Full Discussion Thread for this article