Posted by: sajhabusaima January 20, 2006
Login in to Rate this Post:
0
?
आज फेरि गिद्ध हरु सिनु का लागि लाम लागेको छ , त्यति मात्र नभएर आफु नै हिडेको पथहरु बिर्सेका डुङ्गाहरु एउटा खिया लागेर गिर्न लागेको भबन र पद लाइ बचाउन आफुलाइ पसु बनाइ रहेका छन, केहि हत्यारा साहि राक्षस का समर्थक हरु। नत यिनि हरु नेपालि हरु ले आफुलाइ जनताको रुप मा पहिचान बनाएको हेर्न सक्छन न त यिनि हरु आफु लाइ नै नेपालि जनता को लाम मा उभ्याउन सक्छन, ठाडो सिर पारेर। यिनि हरु त देशका धमिरा हुन, नेपालि जनता का नाम मा कलङ्क हुन, साहि राक्षस को नजर मा रैति हुन ।यिनि हरु ले भन्ने गरेका भगवान बिष्णु , नेपालि जनता को नजर मा हत्यारा हो ,नेपालि चेलिबेटि को बल्तकार गर्ने बलत्कारि हो। सबै लाइ थाहा भएके कुरा यिनै हत्यारा हुन जसले आफ्ना दाजु को परिवार लाइ सिकार बनायो एउटा राजा बन्ने भुत का कारणले।
साथि हो यो युद्ध एक नेपालि को होइन , २४ करोड नेपालि को हो, एउटा मुक्ति को युद्ध हो अनि नेपालि ले आफुलाइ नेपालि भनेर सिर ठाडो गरेको हिडन का लागि गरेको युद्ध हो ।नेपालि सबै समान हुनु पर्छ भनेर गरेको युद्ध हो ।
हुनसक्छ आज यिनि हरु ले बन्दुक र बल को भर मा जनता को आबाज रोके , तर कहिले सम्म रोक्छन ? अनि जनता ले कहिले सम्म यो साहि हत्यारा ले लगाउने कर्फु लाइ मान्छन? अनि कहिले सम्म यि गिद्धहरु यता उता गर्छन सिनु पाउने आसामा किनकि भोलि फेरि जनता सडक मा उत्रिने छन । होस गर हे गिद्ध हो अब तिमि हरु का दिन नजिक आइसकेको छ, तिमि हरु को काल का घण्टि बज्न थालिसकेको छ ।सक्छौ भने आफुलाइ पुग्ने कात्रो जगेडा राख्नु किनकि २०४६ मा दिएको जस्तो आम माफि तिमि हरु ले अब पाउने छैनौ र त्यसका लागि लाएक पनि छैनौ।
न्युजर को आवाजलाइ एउटा अर्को आवाज को साथ लोकतान्त्रिक गणतन्त्र नेपाल को जय! जय!! जय!!!