Posted by: deletedUser** January 20, 2006
What a dillema - tomorrow rally
Login in to Rate this Post:     0       ?        
बुद्धिले नभ्याए पछि बलको सहारा लिनु दानवियता हो। विवेकले नसकेपछि निरंकुशताको आधार लिने शाही सरकार तथा ऊनका समस्त समर्थकहरु मानिस होईनन्, पशु हुन्, पशु! विवेक भएकाले कहिल्यै आफूलाई अरु कसैको दास बनाउँदैन, बु्द्धि भएकाले कहिल्यै अर्थहीन बलको सहारा लिनु पर्ने हुँदैन। हामी विवेकहीन छैनम्, न त बुद्धिहीन नै। दासप्रथाबाट आफूलाई उन्मुक्त बनाउने आजको हाम्रो सबभन्दा ठुलो चुनौती हो, र जिम्मेवारी पनि। शाही पन्जाबाट मुक्ति लिऔं! शिर ठाडो पारि एक मनुश्यको हैसियतले आफ्नो खोसिएको आधारभूत अधिकारहरु फिर्ता लिऔं। पशुहरुका राजा – विवेकहीन र बुद्धिहीन महा-पशु – को पराजयलाई निश्चित पार्ने दिशातर्फ एकजुट भएर लागौं! लोकतान्त्रिक गणतन्त्र नेपाल को जय! जय!! जय!!!
Read Full Discussion Thread for this article