Posted by: Nepe January 20, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
नियाँ-निसाफमा मुन्द्रे पक्का मान्छे हो । निसाफ पनि छाड्दैन, नियाँ पनि दिन्छ । रिकुटेलाई मीत लाईदेपसि गामको चलन पनि सिक्छ र मर्ज्यादा पनि राख्ला भनेर बडो बुद्धिमान कुरो गरो है केटाले । *** *** *** सिरेले गरेको "पारमेन्टी" कुरा नि साह्रै घत प-या छ है मलाई । पारमेन्टी गर्न पर्ने कुरोलाई पारमेन्टी गर्ने गरेर फत्ते गर्नपर्छ भन्ने यिनको पारमेन्टी कुरा साझाको चौतारीमा मात्र होईन मुगलान र गुगलानको डहर-ओढार मा समेत सुन्न पाईन्छ । अस्ति भक्खर गुगलानको ओढारमा राउनीतिका साउतीवादीहुरलाई सुनाउदै थे- पाटीहुरले अब राजा र राजाका छम्डाहुरलाई दोबाटोमा तमाशा देखाअर मात्र काम छैन, पारमेन्टी काम ( parallel government) गरेर देखाम्न सक्नु परो भनेर ललकार्दै थिए । यस्ता पारमेन्टी पो छन् ता सिरे । *** *** *** अब आफ्नो पनि कुरा अरम । लाहुरेदाईकहाँ राउनीतिको साउती भनेर केटाहुरले पु-याए मलाई, भरे त बिजुलीपानीको तुच्च तुच्च कार्जेक्रम पो रहेछ । खासै पिउने मान्छे त हैन म, तर लाहुरेदाईको मुलाकात, जिम्मालबाले नबुझे पनि साह्रो मीठो मानेर सुनिरहेका देशी गजल र केटाहुरले 'छु लेने दो नाजुक होठों को' भन्दै गिलासलाई म्वाँई खान थालेसी उठाएँ मैले नि एउटा गिलास । भो अब ? त्याँसी के के भो के के, होशै छैन । खै कसले हो नेपेबाट जाओस् एउटा गजल भन्या र सबैले हो हो मा हो हो लगाको लगाई ग-या सम्म याद छ । त्याँसी भएन अब भनेर कनी कुथी सुनाएँ एउटा गजल । सम्झ्या जति यहाँ टाँसिदिएको छु । केही ब्यौतिगत र सामाजिक ऐनाहेराई र केही राउनीतिक टिप्पणीको जमर्को भन्नुपरो, छ के रे यसमा चाईने जो । गजल थोरै केही पिएको हुँ धेरै पिई दिएको हुँ जबर्जस्ती हुन्थ्यो नत्र यो सोची हौसिएको हुँ बोकी बोकी हिडें जेलाई त्यसैले थिचिएको हुँ शत्रुहरुले छ्यापेका हिलोले सप्रिएको हुँ भगुवा अगुवा देखी पछ्‌छिन हच्किएको हुँ खियाले खिईनु सट्टा चम्किन घोटिएको हुँ बाङ्गा साथी सोझा देख्छु कि भनी बाङ्गिएको हुँ केलाउन नसकिन भींडमा मिसिएको हुँ उम्किएर ठूलो भयो सानै गाँस लिएको हुँ बींड मात्तै कति तात्‌नु भनेर चिसिएको हुँ यात्रा रोकेको कहाँ हो साथी पो पर्खिएको हुँ ____
Read Full Discussion Thread for this article