Posted by: no more January 20, 2006
What a dillema - tomorrow rally
Login in to Rate this Post:     0       ?        
पाँचथर जिविसले राजा फिदिम आउँदा रु.३ लाख ३० हजारभन्दा बढी खर्च गर्‍यो । बिलहरू अझै आइरहेकाले जम्मा खर्चको हिसाब निस्किसकेको छैन । राष्ट्रिय विकास मञ्चका अध्यक्ष झलकमान थापाले ६० जना युवा स्वयंसेवक परिचालन गरेबापत रु.२९ हजार र स्थानीय बल थापाको टिमले चारसय जनालाई खाना र खाजा खुवाएबापत रु.७० हजारको बिल पेश गरेका छन् । तर स्वयंसेवक खटिएका विवेक आले भने आफूहरूले रु.१० का दरले मात्र खाजा खर्च पाएको बताउँछन् । मञ्चका अध्यक्ष झलकमान थापा भन्छन्, "मेरो तर्फाट १५ हजार खर्च भएको हो, तर पर्ूवमन्त्री लावतीका मान्छेले ७० हजारको बिल पेश गरेपछि मैले पनि २९ हजारको नक्कली बिल बनाएँ । बाँकी रकम राम्रो काममा सदुपयोग गर्छु ।" मञ्च निर्माणमा रु.७० हजार खर्च भएको देखाइएको छ, तर निर्माणमा संलग्न मजदुरहरू यसमा रु.५ हजारभन्दा बढी नलागेको बताउँछन् । http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=26992
Read Full Discussion Thread for this article