Posted by: gwajyo January 20, 2006
Royalists - DISGUSTING
Login in to Rate this Post:     0       ?        
राजाको भ्रमणः विकास बजेटको लूट राजदम्पतीको पर्ूवाञ्चल भ्रमण विकासका नाउँमा छुट्याइएको सरकारी बजेट दुरुपयोग गर्ने सुनौलो अवसर बनेको छ । जिल्ला विकास समितिहरूले विकास बजेट खर्च गरेर भ्रमण खर्च धानेका छन् । राजाको इलाम भ्रमण अवसरमा भएको रु.५ लाखको खर्च, जिविसको विकास अनुदान शर्ीष्ाकबाट कट्टा गरी मिलाइएको जानकारी जिविस सचिवर् इश्वरकुमार गिरीले दिएका छन् । करीब रु.१ करोडको विकास बजेट भएको इलाम जिविसको निकासी करबाट हुने रु.२० लाख आम्दानी द्वन्द्वको कारण ठप्प भएपछि त्यसै पनि धेरै विकास योजनाहरू अलपत्र परिरहेका थिए । अब जिविससँग मनोनीतहरूलाई तलब-भत्ता खुवाउने पैसा मात्र बाँकी छ । पाँचथर जिविसले राजा फिदिम आउँदा रु.३ लाख ३० हजारभन्दा बढी खर्च गर्‍यो । बिलहरू अझै आइरहेकाले जम्मा खर्चको हिसाब निस्किसकेको छैन । राष्ट्रिय विकास मञ्चका अध्यक्ष झलकमान थापाले ६० जना युवा स्वयंसेवक परिचालन गरेबापत रु.२९ हजार र स्थानीय बल थापाको टिमले चारसय जनालाई खाना र खाजा खुवाएबापत रु.७० हजारको बिल पेश गरेका छन् । तर स्वयंसेवक खटिएका विवेक आले भने आफूहरूले रु.१० का दरले मात्र खाजा खर्च पाएको बताउँछन् । मञ्चका अध्यक्ष झलकमान थापा भन्छन्, "मेरो तर्फाट १५ हजार खर्च भएको हो, तर पर्ूवमन्त्री लावतीका मान्छेले ७० हजारको बिल पेश गरेपछि मैले पनि २९ हजारको नक्कली बिल बनाएँ । बाँकी रकम राम्रो काममा सदुपयोग गर्छु ।" मञ्च निर्माणमा रु.७० हजार खर्च भएको देखाइएको छ, तर निर्माणमा संलग्न मजदुरहरू यसमा रु.५ हजारभन्दा बढी नलागेको बताउँछन् । लावतीले हड्पेको पाँचथर जिविसको गाडी । मेची राजमार्गको पौवा-फिदिम खण्ड कालोपत्रे गर्न आएको नागार्जुन कन्स्ट्रक्सनलाई फिदिमको खेलमैदान सम्याउन, ढुङ्गा-गिटी बोक्न र हेलिप्याड बनाउन लगाइयो, तर उसले यसमा खर्च भएको करीब रु.४ लाख पाएको छैन । कन्स्ट्रक्सनका निर्देशक राजु फुयाल भन्छन्, "अहिले यसबारे कुरा गरेर साध्य छैन ।" खेलमैदान सम्याएको र गेट बनाएको भन्दै फिदिमका केही युवाहरूले सात वटा स्थानीय सोलार कम्पनीसँग रु.५ हजारको दरले पैसा मागेका छन् । लोटस इनर्जीका सुपक राजभण्डारीको कथन छ, "सवारी खर्च भन्दै रकम माग्न आउने युवाहरूको ताँती छ । नदिए भोलि जे पनि हुनसक्छ भनेर धम्क्याउँछन् ।" शाही भ्रमणमा जिल्ला प्रशासन, नगरविकास समिति, उद्योग बाणिज्य संघ, व्यापार संघ आदिले पनि खर्च गरेका छन् । राप्रपा, राजपा, प्रजातन्त्र नेपाल, फिदिम स्पोर्टिङ क्लब, राजावादी युवा विकास मञ्च, राष्ट्रिय विकास मञ्च आदि दल एवं संस्थाहरू पनि सरकारी बजेट खर्च गर्नेमा पर्दछन् । धेरैले नक्कली बिल बनाएर कैयौँ गुणा बढी खर्च देखाएका छन् । पर्ूव सांसद अइन्द्रविक्रम थाम्सुहाङ भन्छन्, "अख्तियारले यिनीहरूलाई तत्काल कारबाही गर्नुपर्छ ।" एक अर्को समाचार अनुसार, पाँचथरका प्रभावशाली राजावादी नेता पद्मसुन्दर लावतीले झण्डै १० महिनादेखि जिविसको एउटा गाडी निजी प्रयोगमा लगेका छन् । उक्त गाडी लावतीको परिवार र ससुराली खलकले झापामा गुडाउने गरेको जिविसले जनाएको छ । सो गाडी दमक नगरपालिका-१३ स्थित लावतीका कान्छी श्रीमतिपट्टकिा जेठान दाजुको घरमा राख्ने गरिएको छ । गाडी लावती परिवारको निजी प्रयोगमा रहे पनि त्यसको तेल र मर्मतसम्भार खर्च भने जिविसले नै व्यहोरिरहेको छ । त्यसनिम्ति अहिलेसम्म रु.१ लाख ५० हजार खर्च भइसकेको जिविसका कर्मचारीहरू बताउँछन् । http://www.nepalihimal.com/2062/magh-1-15/desh_samachar.html
Read Full Discussion Thread for this article