Posted by: gwajyo January 20, 2006
Royalists - DISGUSTING
Login in to Rate this Post:     0       ?        
आवरण सत्ताको सातो जाँदैछ • यता आएर राजाका रात नारायणहिटी दरबारमा भन्दा सैनिक ब्यारेक र विदेशमा बढी बित्न थालेका छन् । • नेपालको ब्रि्रँदो राजनीति र सुरक्षा व्यवस्थाका कारण चिन्तित बनेका संयुक्त राष्ट्रसंघ समेत विश्वका शक्ति राष्ट्रहरूका अपेक्षा र आँखा काठमाडौँमा केन्द्रित भइरहेको बेला, राज्यको सम्पर्ूण्ा कार्यकारी अधिकार र दायित्व बोकेका राजाले आफूलाई केही जिल्ला र गाउँका समस्या एवं चाहनामा सीमित तुल्याएका छन् । • राजभक्तिमा आफूलाई कोहीभन्दा कम देखाउन नचाहने पेशेवर न्यायाधीशहरूप्रति पनि दरबार अर्थात् अहिलेको सत्ता आश्वस्त हुन सकेन । सर्वोच्च र पुनरावेदन अदालमा आफूप्रति वफादार व्यक्तिहरूलाई नियुक्त गरेर न्यायपालिकाको मोर्चा 'बलियो' पार्न खोजिएको छ । • राष्ट्रिय सङ्कटमोचनका हिसाबले कुनै अर्थ नराख्ने नगरपालिकाको चुनावलाई के के न हो जस्तो गरी प्रचार गर्न राष्ट्रिय ढुकुटीको दुरुपयोग गरिएको छ । • राजाका मन्त्री र स्वघोषित सल्लाहकारहरूको स्वर झन्-झन् चर्को, आक्रामक र विक्षिप्त हुँदै गएको छ । यसबाट आफ्नो कुरा कसैले सुनिरहेको छैन भन्ने आभास उनीहरूलाई भएको देखिन्छ । अर्कातिर, वार्ता र सहमतिका राजनीतिक फर्मूलाका कुरा गर्दै मन्त्री बन्न पुगेका कैयौँको चाहिँ बोली नै सुनिन छोडेको छ । • दरबारियाहरूले 'स्वतः आफ्नो' ठान्ने गरेको राप्रपा '१९ माघ' को कोपभाजनको शिकार भई दोस्रोपटक टुक्रिएको छ । राप्रपा संस्थापक मध्येका नेता विश्वबन्धु थापाले, राष्ट्रिय ढुकुटीको दुरुपयोग गरी राजाले नै सो पार्टर्ीीmुटाएको खुला आरोप लगाएका छन् । • ७ माघमा प्रस्तावित दलहरूको जुलुस पर््रदर्शनको सामना गर्ने सवालमा सरकारी तहमा फैलिएको खैलाबैला र तयारी हर्ेदा/सुन्दा लाग्छ- सिंहदरबारमा बस्नेहरू माघको जाडोले झैँ थर्रर नै काँपिरहेका छन् । http://www.nepalihimal.com/2062/magh-1-15/aabaran.html
Read Full Discussion Thread for this article