Posted by: nepesahila January 19, 2006
MAV, SATDOBATO
Login in to Rate this Post:     0       ?        
Dinesh Subba sir's nick name was गैंडा सर. He used to bit like a boxer. He taught english and music and we had to sing in his class. In the first class I sang the song "धेरै देखें सपनीमा धेरै लेखे चिठ्ठी" And he was so impressed that I sang his song. मैले पनि जया राई सर र सोभित लाल चौधरी सरको पिटाइ खाएको छु। तर सोभित सरले चैं कहिले काहिं मज्जा हसाउँथ्यो। जाँचको बेलामा, पुरै पत्रिकाले ढाकिएर बस्थे बुढा। अनि केटाहरु चाहिं सरले देख्दैन भनेर चिट र अरु कागजहरु निकालेर हेर्न थाल्थे। तर सबलै बुढाले समात्थे। हामी त ट्वाँ पर्थ्यौ। पछि पो थाह भो। सरले त त्यो पत्रिका नहेरि त्यसमा स्यानो प्वाल पारेर बिध्यार्थीहरु लै नै चेक पो गरिरा' हुँदो रेछन्। लालमणी सरले अंग्रेजी पढाउँदा खुब रमाइलो लाग्थ्यो। एउटा घटना म सुनाउन चाहान्छु। म ८ क्लासमा हुँदा एक दिन डिक राई सर हाम्रो क्लासमा आएर सबैको ब्याग चेक गर्न थाले। कुन चाहिं सरले पोल लाइदेछ कि हाम्रो कक्षामा कसैले पनि पुरै किताब लिएर आउदैन भनेर। अनि त बवाल। नौ नौ वटा किताव कसरी बोकेर जाने। सबको ब्यागमा दुइटा, तिनवटा बाहेक किताबै छैन। त्यसपछि सरले हामीसबलै बास्केटबल कोर्टमा लगेर कुखुरा बनाउन लगाए। सारा स्कुलले हाम्लै हेरेर हास्न थाले। अनि त केटीहरु त डाको छोडेर रुन थाले। "हाम्रो यस्तो बेइज्जत" भन्दै, रोएको रोइ गरे। पछि सरलै नै अप्ठ्यारो लागेछ क्या रे, सबैलाइ छाडिदिए। हामी चाहि रमाइ रमाइ कुखुरा बनिरहेका थियौं। पछि केटिहरुलाइ रुन्चे भनेर खुब जिस्काइन्थ्यो।
Read Full Discussion Thread for this article