Posted by: sajhabusaima January 19, 2006
Support Democracy Vs. Support Politicians
Login in to Rate this Post:     0       ?        
आज फेरि अर्को युद्ध को बिगुल बजेको छ, देसलाइ जनता चाहिएको छ रैति होइन, जनता लाइ जनता को सरकार चाहिएको छ , राक्षस र हत्यारा हरु को होइन। हरेक नेपालि का कान मा रेडियो मा बज्ने धुन हरु ले बसन्तपुर को डबलि को तर्फ फर्केर हेर्न नम्र अनुरोध मात्र गरिरहेको छैन २४ करोड नेपालि लाइ कि आज पनि हामि यि हत्यारा, शाहि राक्षस का दासता बाट मुक्तिका लागि लडिरहेका छौ भन्ने आम सन्देस दिन खोजिरहेको छ माघ ७ , २००६२ । २००७ साल, वा २०४६ मा सयौ नेपालि दाजु, दिदि, भाइ, बहिनि हरु ले मुक्ति का लागि रगत खोलो बगाए पनि अझै नेपालि जनता आज पनि रैति छन जनता होइन, किनकि हामि सधै एउटै दरबार बाट ठगियौ सधै हामि उनिहरु को उपभोग्य बस्तु बन्यौ तर कहिले जनता को पहिचान पाउन सकेनौ। (प्लिज मिलाएर पढनु होला, र कमेन्ट को लागि स्बागत छ तर साझामै कमेन्ट वा गालि इमेल मा होइन। तपाइ हामिले सोच्ने राज दरबार राज दरबार रहेन, यो त एउटा मान्छे मार्ने बुचर हाउस बन्यो।२१ शदाब्दि मा पनि दरबार ले खुलम्खुल्ला हाम्रा चेलि बेटि को इज्जत लुटिरहेका छन , दाजु , भाइ हरु बिना कारण मारिएकाछन तर त्यसको फैसला कहि बाट हुदैन न त अदालत मा न त संसदमा किनकि यि सबै यहि शाहि हत्यारा हरु को कठपुतलि बनेकोछ । त्यसैले आज हामि उठनु पर्छ एउटा नयाँ नेपाल को लागि, यो साहि राक्षस लाइ सदा सदा को लागि अन्तय गर्न को लागि , अनि भाबि आउने पुस्ता लाइ पनि हाम्रा पुर्खा हरु ले हामि लाइ छोडे जस्तै फेरि आफ्नो पहिचान को लागि अर्को युद्ध गर्न नपरोस भन्नका लागि।अब यो जित एउटा नेपालि को मात्र हुने छैन २४ करोड नेपालि को हुनु पर्छ, यो जित हिमाल मा बस्ने हिमालि को मात्र का लागि होइन तराइ मा बस्ने मधेसि को पनि हुनु पर्छ, काठमान्डु मा बसेर देस चलाउने का लागि मात्र होइन मेचि महकालि सम्म नङग्रा खियाएर देस सिचाउने को पनि हुनु पर्छ, महल ठडाउने माहाजन को मात्र होइन सडक र छप्रा मा जिन्दगि गुजारने सुकुमबासि को पनि हुनु पर्छ । अब त्यसका लागि हरेक ठाउ बाट हमि उठनु पर्छ। अब हामि उठनु पर्छ, । अन्त मा सञ्चार माध्यम , सडक बन्द गरेर र कर्फु लगाएर मात्र देस चलाउनु सोच्नु आफैमा हास्यासपद छ भने अर्को तिर जनकपुरको भेला मा पार्टि हरुको सफलता बाट यो साहि राक्षस कति आत्तिएको छ भन्ने पानि यो नागरिक समाज, मानब अधिकार बादि र राजनैतिक कार्यकर्ता हरु लाइ मध्यरात मा गएर अमेरिका ले आतङ्ककारि को नाम मा गर्ने धरपकड गर्ने जस्तो गरेको ब्यबहार बाट पनि यो कुरा पुष्टि हुन्छ ।मर्ने बेला मा कमिला को पनि पखेटा आउछ , त्यस्तै आज यो साहि राक्षस हरु को मर्ने बेला आएको छ, जनता हरु को नरसंभार गर्न खोज्ने यो हत्यारा हरु को आफ्नो संभार हुने दिन आएको छ । (प्लिज मिलाएर पढनु होला, गल्ति मा माफ। कमेन्ट को लागि स्वागत छ तर अनुरोध छ इमेल मा कमेन्ट वा गालि हरु गरेर तपाइ को अमुल्य समय नस्ट नगर्नुहोला। साझाबसै मा )
Read Full Discussion Thread for this article