Posted by: Ok January 18, 2006
Curfew across Nepal, Leaders Arrested!
Login in to Rate this Post:     0       ?        
राजनीतिक नेता-कार्यकर्तालाई नजरबन्दमा राखेर, धरपकड गरेर, हिरासत भरेर शान्ति कायम हुने भए माघ १९ ताकाको चरम सत्ता दुरुपयोग सफल भइसक्ने थियो । त्यसैको पुनरावृत्ति गरेर शाही सरकारले आफ्नो आतंकित मानसिकता जनतामा थोपर्न खोज्नु आत्मघाती छ । यसबाट जनशक्ति विचलित हुनेछैन, बरु आक्रोश चुलिएर राजनीतिक निकासका लागि आशातीत आन्दोलन उठाउन प्रेरित हुनेछ । शान्तिपूर्ण रूपमा भेला हुने अधिकार नागरिकको सार्वभौम स्वतन्त्रता हो, जसको बन्देजले विरोधलाई क्षणिक रूपमा साम्य पार्न सक्ला तर अन्ततः त्यो प्रत्युत्पादक हुन्छ । परिस्थितिको परख गर्न नसक्ने र राजनीतिक सहमतितर्फ कुनै लचकता देखाउन तयार नभएको यो सरकारसँग ँअसोज १८’ देखि ँमाघ १९’ हुँदै थोपरिएको शासन उल्ट्याउने क्रममा आन्दोलनले कतिपय परम्परागत संस्थाहरूको पनि गम्भीर पुनरावलोकन गर्ने आधार तयार गर्दै लगेको छ । --------------------------------
Read Full Discussion Thread for this article