Posted by: Ok January 18, 2006
Curfew across Nepal, Leaders Arrested!
Login in to Rate this Post:     0       ?        
Editorial From Kantipur (19 Jan 2006). ----------------- कफ्र्यु र प्रतिबन्धपछि गिरफ्तारी माघ १९ को बिहान शाही घोषणा हुनुअगावै धरपकड भएका राजनीतिक दलका नेताहरूलाई फेरि सरकारले पक्राउ गर्न थालेको छ । मंगलबार समातिएका नेता-कार्यकर्तालाई तीनमहिने पुर्जी थमाएपछि अन्य थुप्रैको संख्यामा गिरफ्तार गरिने राजनीतिकर्मीलाई त्यसैगरी लामो हिरासतमा राख्ने भएको छ । गृहमन्त्री कमल थापाले बुधबार दिउँसो दलका नेताहरूलाई कारबाही गर्ने चुनौती दिएलगत्तै सुरक्षा संयन्त्रले नेताहरूलाई नजरबन्दमा राख्न थालेर आतंकित मनस्थिति पुनः उजागर गरेको छ । सम्भावित गिरफ्तारी छल्न दोस्रो तहका केही नेताहरू अर्ध भूमिगत अवस्थामा पुग्न बाध्य भएका छन् । शान्तिपूर्ण जुलुस प्रदर्शन गर्ने उनीहरूको अधिकार वञ्चित गरेर पनि सरकार सन्तुष्ट हुन सकेन । नेताहरूलाई नजरबन्द गरेरै शान्तिसुरक्षा बहाल हुन्छ भन्ने भ्रामक आधारमा सरकार झन्झन् तर्सिंदै गएको छ । शाही कदम एक वर्ष पुग्न लाग्दा सुरक्षाका लागि वैधानिक दलहरूलाई बाधक देख्ने शाही सत्ता पुनः नेताहरूलाई थुनेरै वाषिर्की मनाउन तम्तयार हुन खोजेको छ । सात राजनीतिक दलले शुक्रबारका लागि घोषणा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा भव्य उपस्थिति नदेखियोस् भन्ने सरकारको मूल ध्येय हो । त्यसलाई उसले माओवादी घुसपैठको त्रास देखाएको छ जब कि माओवादीले दलका शान्तिपूर्ण भेलालाई भाँड्न उत्तेजना फैलाएका छैनन्, बरु राज्यपक्ष आफैंले केही दिनअघि बाग्लुङको शान्तिपूर्ण भेलामा छद्म रूपमा सेना पठाएर दललाई विचलित तुल्याउन खोजेको थियो । माओवादीका तर्फबाट दलको काठमाडौं प्रदर्शनमा आफ्नो कुनै संलग्नता नहुने सार्वजनिक गरिसके पनि सरकारले कथित त्रासको बहाना देखाउनु उसको कायरतामात्र हो । बिनाआधार र कारण काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा कफ्र्यु घोषणा गर्दै हरेक दिन समय बढाउँदै सरकारले सर्वसाधारणलाई आतंकित तुल्याएको छ । आउन लागेका पर्यटकहरूले नेपाल भ्रमण अचानक स्थगित गरेका छन् । रेस्टुरेन्टलगायत व्यवसायहरू कुण्ठित भएका छन्, आवागमन अवरुद्ध हुन पुगेको छ । राजमार्गहरू बिथोलिएका छन् । श्रमजीवी जनताको दैनिक गुजारा अड्किन थालेको छ । माओवादीका नाममा दललाई निषेध गर्ने घोषणाले सर्वसाधारणलाई पीडित तुल्याइएको छ । दलहरू शान्तिपूर्ण प्रदर्शनका हकदार हुन्, जसको हक खोसेर कार्यकर्ता र दल समर्थक जनताको भावनामा कुठाराघात गरिएको छ । त्यससँगै ठूलो संख्यामा गिरफ्तारीको सुरुवात गरेर दलहरूलाई उत्तेजित र आक्रोशित पार्न खोजिएको छ । शान्तिवादी राजनीतिक नेता-कार्यकर्ताहरूले हिरासत भरेर सरकार मुलुकलाई राजनीतिक भंगको अवस्थामा पुर्ΕΎयाउन उद्यत भएको छ । एकातिर गृहमन्त्री संवाद र सहमतिको आग्रह गर्छन् र दलहरूलाई माओवादीसँग होइन, राजाको सरकारसँग सहमति गर्न आऊ भन्छन् अर्कातिर तिनै नेतालाई गिरफ्तार गरेर आफ्नै अभिव्यक्तिलाई क्षणिक बनाउँछन् । यसैगरी उनको प्रशासनले सोमबार एकपछि अर्को परस्पर विरोधी निर्णय सार्वजनिक गरेर पराजित मानसिकता प्रदर्शन गरेको थियो । क्रमश:
Read Full Discussion Thread for this article