Posted by: Ok January 18, 2006
Curfew across Nepal, Leaders Arrested!
Login in to Rate this Post:     0       ?        
नेताहरू पक्रन निर्देशन केदार ओझा काठमाडौं, माघ ५ - राजनीतिक दलका नेताहरूलाई पक्राउ गर्न सरकारले सुरक्षाफौजलाई बुधबार राति नामावली दिएको छ । त्यसको पूर्वाभाष पाएका केही नेताहरू सोमबारदेखि घरबाहिर बस्न थालेका छन् । आदेशमा तत्काल कुनै परिवर्तन नभए नामावलीमा उल्लेखित नेताहरूलाई सुरक्षाकर्मीले बिहीबार बिहान ४ देखि ६ बजेभित्र पक्राउ गर्नेछन् । पक्राउ गर्न नेपाल प्रहरी र शाही नेपाली सेना परिचालित गरिने भएको छ । उच्च सुरक्षास्रोतले दिएको जानकारीअनुसार पक्राउ गर्न जनशक्ति र साधनसमेतको बाँडफाँड बुधबार राति भइसकेको छ । अधिकांश नेतालाई पक्राउ गरी सरकारले आफ्नै नियन्त्रणमा राख्नेछ भने केही उच्च नेतालाई घरमै सुरक्षाकर्मी खटाएर नजरबन्दमा राख्ने तयारी गरेको छ । नेताहरूलाई खोजेको बेला तत्कालै पक्राउ गर्न सकियोस् भनी गत सोमबार नै उपत्यका प्रहरीले उनीहरूको गतिविधि र बस्ने स्थानको सूक्ष्म निगरानी गर्न मातहत निकायलाई परिपत्र गरेको थियो । सुरक्षास्रोतका अनुसार पक्राउ गर्नेहरूको सूची झन्डै दुई सयको हाराहारी छ । स्थितिको मूल्यांकन गरी अरू व्यक्तिलाई पक्राउ गर्ने वा नगर्ने निर्धारण गरिने भएको छ । नेताहरूलाई पक्राउको योजना बनाउन नेपाल प्रहरीका वरिष्ठ पदाधिकारीहरू बुधबार राति अबेरसम्म रामशाहपथस्थित उपत्यका ट्राफिकमा भेला भएका थिए । उनीहरूलाई तत्कालै सार्वजनिक सुरक्षा ऐनअन्र्तगतको अभियोगमा पक्राउ गरेको पुर्जी दिने तयारीसमेत भएको स्रोतले जनायो । दलका नेताहरूलाई पक्राउ गर्न बुधबार साँझ विभिन्न ट्राफिक पोस्टहरूलाई टाटा मोबाइल र माइक्रोबस पठाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले निर्देशन दिएको थियो । आदेशअनुसार विभिन्न ट्राफिक पोस्टहरूले झन्डै पचासको संख्यामा गाडीहरू उपत्यका ट्राफिकमा पठाएका थिए । त्यसरी जम्मा भएका गाडीहरूलाई सुरक्षा निकायले राति नै इन्धन भर्ने र चालकहरूलाई खानासमेत खुवाएका थिए । यसैबीच गृह मन्त्रालय उच्च स्रोतसँग सम्पर्क गर्दा गिरफ्तारी 'असम्भव नभएको' जानकारी दिइयो । अपि्रय स्थिति नआओस् भनेर सावधानी अपनाइएको जानकारी दिँदै स्रोतले भदौ १६ को जस्तो सुरक्षाहीनताको स्थिति आउन नदिने दाबी गर्ΕΎयो । गृहमन्त्री कमल थापाले राजनीतिक पार्टीहरूसँग आमसभा मात्र गर्ने हो भने नयाँबानेश्वरमै पनि ठाउँ दिन सकिने सन्देश पठाएको जानकारी समेत उक्त स्रोतले दियो । सरकारले गिरफ्तारी बढायो भने शान्तिपूर्ण संघर्षका उपायहरू अवलम्बन गर्न एमाले केन्द्रीय कार्यालयले देशभरिका कार्यकर्तालाई आन्तरिक निर्देशन गरेको छ । पार्टी उच्च स्रोतका अनुसार निर्देशनमा 'नडराउने, पक्राउ नपर्ने र योजनाबद्ध रूपमा आन्दोलन बढाउने' भन्ने छ ।
Read Full Discussion Thread for this article