Posted by: nepalean January 17, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
दादा को dear all सं यसो चोचो मोचो जोडु कि ------ १- लु मुखिया, जिम्माल, काका, मास्ट्रनीहुरले नेपे दाजीलाई सिकावरी पठाऊ! सान्दाइकाँतिर. लौ न नेपे दाजि यसो सान्दाइ सं भला कुसारी अर्नु पर्यो, अब हामि भन्दा २-४ भोटो फटाका तिमि नै हौ के रे , हामि त तिम्रै दौराको फेरो समातेर पछि लागेम त नि । २- २लम्बरमा, यहाँ स्थानीय लवजको स्वागत छ, तर तेसको नाममा Discriminatingशब्द भने प्रयोग नगरौँ है. Ahile sammanlai thikai chha. अब नाच्न त पाइन्च तर नाच्दा आफ्नो हातले अरुको नाक भाच्न त पाइन्न त नि । हुन त हाम्रा गाम ठाममा जात जाति का कुरा गालि देखि उखान टुक्कामा सम्म छन केरे, तर ति चाइ यां अलि बिचार पुर्याउन नै बेश होला नत्र फेरि ' पोडे हुम्ला चमार हुम्ला तिम्रै माया लाउच---" जस्तै होला । अनि बोल्दा त आफ्नो गामको लबज त आइहाल्च के रे, क्यार्नि त नि, नेपाल गए कपाल संगै, बर्मा गए कर्म संगै । ३-चौतारीको शब्दकोषमा प्रयोग हुने शब्द "गाम" को अर्थ शहरको उल्टो हैन कि "तपाईँ कतै जँदा तपाइको कुकुर तपाइको पछि पछि लागेर जति परसम्म जान्छ त्याँ सम्मनको क्षेत्र." हो. हो त नि यो कुरो पो चित्त बुझ्यो । अब आफु यसो हिड डुल अर्ने ठाम नै गाम त पर्यो । जुन ठाममा बसिन्च तेइ त पर्यो गाम । ठमेल पनि एउटा गाम पर्यो, गोदाबरि अर्को । कसो ?
Read Full Discussion Thread for this article