Posted by: Birkhe_Maila January 17, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ठिक कुरो अर्नुभो नेपे दाई। एउ हैन दुइ हैन तिन हैन...हुँदा हुँदा छ ओटा चौतारि भै सको ए अब। दाजुले भने अस्तो यो त अब एउटा दुइटा कुरो अर्ने नियमित धागो जस्तो मात्तै नभर हामी जस्ता नेपाली गाम्ले हरुको एउटा नियमित 'खुराक' भै सको। म सहमत छु दाजैको 'आइडिया' संग! लु कता के लेख्नु पर्ने हो भन्नुस म तयार छु। गजल/कबिता को पनि बेग्लै एउटो धागो मास्तिर भए त झन खासा हुने थ्यो। कुरै कुराँ हाम्रो नमेलाई धन्यवाद् दिन मन लाग्यो यस्तो धागोको सुरुवात गरेकोमा! -------------------- अनि माष्टरनी नानि सन्चै हुनुहुन्छ? हाम्रा गामका भुराभुरिले कत्तिको दुख दिंदैचन इस्कुलाँ? हैन क्यार्न ४ मइनालाई बन्द अर्नुभाको नि इस्कुल?
Read Full Discussion Thread for this article