Posted by: sajhabusaima January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
>म त पुगिसक्या छु। आन्दोलनको चुनामी पनि देखियो। राजा पाल्या पनि देखियो। सिसु अबस्थाको प्रजातन्त्र हुर्काउनेअरु पनि देखियो। - सायद तपाइ ले सुन्नु भएको छैन या त थाहा छैन थोपा थोपा बाट खोला बन्छ अनि यिनै सुनामि बन्छ , त्यहि जनकपुर हो जाहा २०० राजा बादि जम्मा भएका थिए राजा को समर्थन मा र ३००००० जुटे सात दल को सम्रथन मा । हरेक मान्छे मा कमि कमजोरि हुन्छ केबल कमि कमजोरि को कुरा गरेर सहि पक्ष लाइ छोप्न खोज्नु पनि गलत हो जस्तो लाग्छ र म यहा कुनै ब्यक्ति बिषेस को कुरा गर्न गइरहेको छैन।सिसु अबस्थाको प्रजातन्त्र हुर्काउनेअरु पनि देखियो त भन्नु भयो तर त्यि नि हरु कै ठाउ मा उभाएर नेपाल को एक पटक कल्पना गर्नुहोस दादा। >अहिलेको सम्बिधानले सक्दैन भनिराछु त। - त्यसो भइ २ तिहाइ को च्यप्टर बन्द भएको सम्झु होइन त ? >अन्तरिम कालमै शेर बहादुर गृह मन्त्री हुँदा गोलि हानेर ८ जना मारेको पनि देखियो। - दादा के शेर बहादुर नै गएर मारेको हो? कान्हा मारेको दादा? यदि सेना ले मारेको हो भने सेना जसको पेवा हो उसले यसको जिम्बेबारि लिनु पर्छ ।किनकि बौदल रहनुजेल साहि सेना जहिले पनि राजनैतिक कार्यकर्ता जस्ता बौदलका बिपक्ष मा काम गर्न खटाइए। अनि फेरि के पारस ले ८ जाना मात्र मार्यो होला अनि बलत्कार र २ नम्बरि काम को त कुरा नगरु है किनकि तपाइको टाउको दुख्न सक्छ, अहिले नगर निर्वाचन मा उठेका त्यि भतुवा हरु लाइ माओबादि भोतिक कार्बाहि सुनेर जस्तै । > म तयार छु। पाटिको बिधानसित घोषणा पत्रसित म अघाइसकेको छु। र भनेको गिलो तानासाही चाहिन्छ भनेर। त्यो ज्ञानेन्द्र नै हुनुपर्छ भन्या चैँ होइन। -धर्य गर्नुस दादा धेरै टाढा छैन त्यि हिमालि टाकुरा सम्म सुर्य का किरण आइपुगि सके छिट्टै तपाइ सम्म आइपुग्ने छ । पाटिको बिधानसित घोषणा पत्रसित म अघाइसकेको छु, त्यो त तपाइ ले कसरि लिनु हुन्छ त्यस मा भर पर्छ । किनकि एमाले काग्रेस र काग्रेस एमाले कुनै हालत मा बन्ने थिएन र माओबादि ले हतियार उठाएर जङ्गल त जाने नै थिएन। तानासाही त उहि तपाइ लाइ ज्ञाने ले राजगद्दि लोकतन्त्र आउनु भन्दा सुम्पियो भने मात्र हो नत्र भुन्नुहोस किनकि नेपालमा अब २०१७ साल आउदैन।भने पछि तपाइ पनि ज्ञानेन्द्र बिरोधि हाहा दादा त्यसो भए तपाइ पनि बौदल कै प्रतिक्षा मा । हाहाहाह अहिलेलाई छोटकरीमा बोलेर सुतेँ। - हस हजुर गुड नाइट
Read Full Discussion Thread for this article