Posted by: nepalean January 14, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
मेरो पनि सिरे,गोतमे, बिर्खे, जिम्माल, मुखिया बा, काका, माष्टर्नी नानी, दादा, भउते, सिरे, नेपे दाजी, साहिला, मुन्द्रे, चित्रे, पुण्टे दाइ, लुते, पाते (LALUPATHEY) इत्यादी सबैलाई मेरो पनिजदौ है! अब त चौतारिमा यसो एक छिन आउन नभ्याए त कति कुरो भइसकेको हुदो रईच । रात रए अग्राख पलाउच भने जस्तै केटाहरुले एकैछिन मा सिमलको काठलाए गफले अग्राख बनाउचन के रे ।सिरे गफाडि कता मरेच कुन्नि । कतिहलको काम छ भन्दै थियो केरे, अब औसि(sat,sun), पुर्निया मा त जोत्दैनन के रे, तेसले त कोदालि ले काम अर्न थाले जस्तो छ । दादा को त दिन सुरु हुदै होला के रे । भउते कता गो कुन्नि ? आजकाल मन ठाममा छैन भन्च । एक्लो मन ठेगानमा छैन, खहरे खोलो जस्तो छ भन्च । मैले दुक्लो हो न त भनेको काकाले आड दिएर पनि केइ अरेनन भन्थ्यो , मोरो तेत्रा हात पाखुरा भइसके अजै काकाको भरमा छ। अस्तो भख्कर राजुको पपि भुक्दै थियो, लुते आको पो रच ।
Read Full Discussion Thread for this article