Posted by: Gautam B. January 14, 2006
Login in to Rate this Post:
0
?
श्री बिर्खे जिम्माल, मुखिया बा, काका, माष्टर्नी नानी, दादा, भउते, नमे, सिरे, निरे, नेपे दाजी, साहिला, मुन्द्रे, चित्रे, पुण्टे दाइ, लुते, पाते (LALUPATHEY) इत्यादी सबैलाई जदौ है! चौतारीमा जमेर गफ चुट्न नपाको पनि धेरै भो। दम्तरीहुरका गफ सुनेर थपडी बजाउन भने छोडेको छैन।
माष्टर्नी अब हाम्रै गाममा बसेपछि भुराभारीहरुको पढाइ सप्रिने भो। 'ती मिस त एकदम कडा छिन्!' भन्थी याम्कीले। सात कक्षामा तिनचोटि पढ्दा दुई चार झापड त राम्रैसंग खाकी हो रे मिसको।
त्यो लालेलाई के भएछ हँ? हिजो यता पखरातिर देख्या थें। मसंग पनि राम्रो बोलेन। पर्या बेलाँ कोहि जाँ--- पनि काम लाग्दा रैनचन् भन्थ्यो। "कोदालीको बिँडजस्तो-----" भनेर भटभटाइराख्या थ्यो। पछि एउटा जोगीले ऊँभो डोल्पा हुँदी पाइनी यार्चा गुम्बा खायो भने अरु त कुरै छोडौँ, गर्धन समेत कोदालीको बिँडजस्तो हुन्छ भनेर लाइदेछ। लाले डोल्पातिर हानियो कि क्या हो!