Posted by: chicken.little January 13, 2006
Columbus did not find US?
Login in to Rate this Post:     0       ?        
अमेरिकाको खोजीबारे नयाँ दाबी अमेरिका सर्वप्रथम क्रिस्टोफर कोलम्वसले नभई एकजना चिनीयां नौसैनिक अधिकारीले पत्ता लगाएका हुन सक्ने एकजना विज्ञले बताएका छन्। कोलम्वस अमेरिका पुग्नु अघि नैं एकजना चिनीयां नौसैनिक त्यहां पुगेका हुन सक्छन लेखक स्टिफन फेको विश्वासमा पश्चिमी जगतमा अज्ञात ति एड्मिरलको लामो समुद्री यात्राहरूले उनलाई निश्चय पनि अमेरिका पुर्याएको हुनुपर्छ। आगामी हप्ता सार्वजनिक गर्न लागिएको एउटा प्राचिन नक्शाले त्यही कुरा सावित गर्न सघाउ पुर्‌याउने श्री फेको विश्वास छ। उक्त नक्शा सक्कली र प्रामाणिक ठहरीएमा त्यसबाट कोलम्वस अमेरिका पुग्नु भन्दा सत्तरी बर्ष अगाडी नै ति चिनीयां जहाजी उक्त महादेशमा पुगेका थिए भन्ने प्रमाणीत हुन सक्छ। सन् १४१८ मिति भएको उक्त नक्शामा अमेरिकी महादेशलाई स्पष्ट रूपमा देखाईएको छ जुन क्रिस्टोफर कोलम्वसले अमेरिकी धर्तीमा पाईला टेकेका साल, सन् १४९२, भन्दा ७० बर्ष अगाडी हो। यदि उक्त नक्शाको प्रामाणिकताको पुष्टि भएमा सर्वप्रथम अमेरिका पत्ता लगाउने व्यक्ति भनेर तत्कालिन चिनीयां नौसेनाका एकजना उच्च अधिकारी एड्मिरल जेङ्ग हीको नाउं रहन सक्छ। उनको जहाजहरूको बेडाले पन्ध्रौं शताब्दीको आरम्भतिर ठूल्ठूला खोजी अभियान यात्राहरू गरेको थियो। उक्त नक्शामा लेखिएको टिप्पणीमा उक्त भूभागमा बसोबास गर्ने मानिसहरूको छाला कालो-रातो रंगको भएको, तिनीहरूले टाउकोमा चराको प्वांखले बनेको पहिरन लगाउने बताईएको छ, जुन अमेरिकी इन्डीयन जातीका मानिसहरूसंग मिल्दो जुल्दो सम्भावित विवरण हो। सांघाइमा एउटा कबाडी पसलमा फेला पारीएको उक्त नक्शाको कागत र त्यसमा प्रयोग भएको मसी कति पुरानो हो भनेर त्यसको जांच भैरहेको छ। त्यसको नतिजा फेब्रुअरी महिना अघि थाहा हुन सक्ने छैन तर उक्त दस्तावेजलाई आउंदो हप्ता लण्डनमा सार्वजनिक प्रदर्शनका लागि राखिने भएको छ।
Read Full Discussion Thread for this article