Posted by: nepesahila January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हन यो चित्रेको चित्रकारीले त दिमाखै घुमायो। कैले तीलका गेडा भुईमा छर्या जस्तो देखा'र "ल भन् त यो काँ?" भन्छ, कैले टपरीमा अचार पोख्या अस्तो नउसा देखौंच। यो नेपाल खाल्डोको के हरिबिजोक अर्या हो कुन्नी? बाटा घाटा नी कत्ती थोरै, आफ्नो गाम तिर जानी त बाटै गाएप पार्देच बा। त्यो सिरे र पुन्टेकी धोबिनी त चिन्या चिन्या अस्तो लाग्यो है। यतै तिर आउनी सुरसार छ रे तेस्को। "अउँरिकाँ काँ जान्छेस?" अनेर सोध्या त, "आ, आफ्नो त बौन बाजे, पहिले पनि वासिङटन (धोबिघाट, washingtown dg, अहिले नी वासिङ्टन (washington dc)" रे। हन काका, च्याङ्ग्रो त तगडा छ, के अर्चौ त? अब मिलार भाग लाउनी हो कि, छुट्टै छुट्टै बेच्नी हो, कि एक्लै हसुर्नी बिचार छ? जे भे नी, अरुले था नपाउन, माइला र मुन्द्रे लै पनि डाकम् अनि, एक दिन चैं तुच्च तुच्च पार्न पर्च है त।
Read Full Discussion Thread for this article