Posted by: world_map January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ओहोऽऽऽ! याँ त दादाले मैले र मैनाले गाएका गीतहरूको टेपरिकट (tape recorder) घन्काएर सबैलाइ मनोरन्जन गराइरहनु भा' रैछ। मलाइ नि नाचूँ नाचूँ लाग्यो, तर खेतको काम अलि सिध्याछैन क्या, दुइचार घण्टा पछि आएर कविता लेखुँला नि मैनाको लागि। याँ फेरी नयाँ मान्छेहरू नि आइपुग्नु भा'रैछ, स्वागत छ है मुखिया बा र मास्टर्नी दिदी (miss_me) लाई! अनि गामको ईस्कुल कस्तो चल्दैछ त? लौ न, मास्टर्नी दिदी, मैना तपैको पुरानो विद्यार्थी भन्या हैन? मलाई सिकाई दिनु परो, कसरी मैनाको मन जित्न सक्ने कविता लेख्ने भनेर। त्यो मुन्द्रे साथीले चैं नेपालटारतिरको उसको जग्गाको नउसा चाइयो भन्दै थ्यो, लु ल्याइद्याछु, भेट्यो कि भेटेन तिम्रो जग्गा याँ हेरम् त मुन्द्रे! अनि बिर्खे दाइ, पछि त्याँ नउसाको ग्याम् खेल्न आम् है!
Read Full Discussion Thread for this article