Posted by: KaleKrishna January 12, 2006
What an Irony
Login in to Rate this Post:     0       ?        
and named second biggest resource of hydropower in the world; भारतसँग बिजुली किन्न पहल विकास थापा काठमाडौं, पुस २८ - नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद गर्नेबारे वार्ताका लागि एक प्रतिनिधिमण्डल बिहीबार नयाँदिल्ली पठाएको छ । पाँच वर्षसम्म उत्पादन नथपिने भएकाले भारतबाट पहिलो पटक व्यापारिक रूपमै बिजुुली किन्न खोजिएको हो । टोलीले भारतीय पावर ट्रेडिङ कर्पाेरेसन -पीटीसी) सँग आयात गर्न सकिने परिमाण र भाउबारे छलफल गर्ने स्राेतले जनायो । गत महिना काठमाडौं आएका पीटीसी पदाधिकारी नेपाललाई विद्युत् बिक्री गर्नेबारे सकारात्मक देखिएका थिए । 'पीटीसीबाट हाम्राे कति माग पूरा गर्न सकिन्छ भन्नेबारे छलफल गर्न टोली पठाइएको हो,' स्रोतले कान्तिपुरसँग भन्यो । गत सातादेखि दैनिक साढे तीन घन्टाका दरले लोडसेडिङ गरेको प्राधिकरणलाई हाल करिब ४ लाख युुनिट बिजुुली अपुुग छ । स्राेतका अनुुसार भारतको पश्चिम बंगालबाट बिजुुली किन्ने सम्भावना छ । भुुटानबाट भारत आपूर्ति भइरहेको विद्युतको जगेडा परिमाण नेपालको पूर्वाञ्चलमा तान्न आर्थिक तथा प्राविधिक हिसाबमा सहज पर्नेछ । प्राधिकरणले डिजेल प्लान्टबाट उत्पादित वा दुई देशबीच आदानप्रदान दरभन्दा भारतीय बिजुली सस्तो भए किन्ने सोचाइ बनाएको छ । स्रोतका अनुसार व्यापारको सम्भाव्य नाकाबारे पनि छलफल हुनेछ । दुुई देशबीच विभिन्न २० ठाउँमा बिजुुली आदानप्रदान गर्न सकिने सम्झौता भए पनि प्राधिकरणले पूर्वाञ्चल क्षेत्रमा खरिदलाई जोड दिएको छ । सीमा क्ष्ाेत्रसम्म प्रसारण लाइन निर्माण गर्नेबारे पनि छलफल हुने स्रोतले जनायो । अहिले आदानप्रदान-विन्दुुमा एकनास क्ष्ामताको लाइन छैन । धेरै परिमाणको बिजुुली ल्याउँदा उच्च भोल्टेज लाइन हुुनुुपर्छ । टोलीमा जलस्राेत मन्त्रालयका सहसचिव अनुुप उपाध्याय, प्राधिकरणका उत्पादन महाप्रबन्धक शम्भुुप्रसाद उपाध्याय, विद्युुत् व्यापार विभागका निर्देशक राजेश्वरमान सुुल्प्या र प्रणाली सञ्चालन विभाग प्रमुुख शेर सिंह छन् । टोलीले माघ १ गतेसम्म भारतीय पदाधिकारीसँग वार्ता गर्नेछ । (KOL online)
Read Full Discussion Thread for this article