Posted by: Gautam B. January 12, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
ऋषिजी, राम्रो कविता पस्किनु भो। धन्यवाद। गुरुबाट छन्द सिक्नु पर्ला जस्तो छ। गुरुहरुबाट दामी दामी गइरहेका छन्। आफूले भने नया लेख्न सकिएको हैन। एउटा अलि पहिल्यै लेखिएको कविता राख्दैछु आज। मैले नेपाललाई यस्ती नारीको रुपमा कल्पना गरेको छु; "मेरी आमा" कहिले बादलका फूलहरु सिउरेर चुल्ठोमा- ताराबुट्टे घुम्टो अलिक उघारेर गीत गुन्गुनाइरहेकी र सयपत्रीका पत्रहरु चुँडेर हावामा उडाइरहेकी, कहिले चियाको बुट्टाको आड लागेर आफ्ना कोमल औँलाहरुले आकाश छोइरहेकी र इन्द्रेणीको माला लगाएर नाचीरहेकी, हाँसीरहेकी, कहिले मसंगै पुतलीहरुको पछि पछि दौडिरहेकी र कहिले बाक्लो हुस्सूमा लुकेर कतै मलाई अत्याएझैँ जिस्काइरहेकी तर सधैं सधैं छातीबाट अनन्त जीवन र काखबाट अपार ममताले मलाई सिँचिरहेकी, नदीहरुका मेंहदी र तालहरुका चुराले सजिएका हातहरुले घुँडा बेरेर सारीको पहेँलो किनार पछिल्तिर अलिक लतारेर जुनले पखालेका सुन्दर सेता पाउहरु कलिलो घामले सेकिरहेकी, रंगीन बतासमा हल्का झुलेर शान्त लज्जालु आँखाले मुस्कुराइरहेकी सदा यौवना अमर सुन्दरी मेरी आमा सदा यौवना अमर सुन्दरी मेरी आमा ।
Read Full Discussion Thread for this article