Posted by: KaleKrishna January 11, 2006
Where has the buddha boy gone?
Login in to Rate this Post:     0       ?        
नयाँ वृत्तचित्रमा तपस्वी साप्ताहिक समाचार काठमाडौं— बारा जिल्लाको रतनपुरीमा विगत साढे छ महिनादेखि निराहार ध्यानमा बसिरहेका १६ वषर्ीय रामबहादुर बमजमलाई क्यामेरामा कैद गर्नेहरूको संख्या बढ्दो छ । स्व्ादेशी मात्र होइन, विदेशी चलचित्रकर्मीहरूमाझ पनि उनलाई क्यामेरामा कैद गरेर वृत्तचित्र निर्माण गर्ने प्रतिस्पर्धा बढ्दो छ । करिब एक महिनाअघि मात्र हंगेरीका एक चलचित्रकर्मीले निर्माण गरेको वृत्तचित्र अहिले विश्वका विभिन्न मुलुकमा प्रदर्शन भैरहेको छ । स्वदेशकै एक निर्देश्ाकले निमर्ाण गरेको 'म बुद्ध होइन' शीर्षकको वृत्तचित्र प्रदर्शन भएको दुई साता नबित्दै अर्का चलचित्रकर्मी जीवेश योञ्ज्ानले रामबहादुरकै बारेमा अर्को वृत्तचित्र तयार पारेका छन्— 'अन्तरयात्रा ।' यो वृत्तचित्र गत सोमबार पहिलो पटक सञ्चारकर्मीहरूमाझ प्रदर्शन गरियो । १६ मिनेट लामो यो वृत्तचित्र नेपालीका साथै अंग्रेजी तथा जापानी भाषामा तयार पारिएको छ । क्यामियो क्रिएसनले निमर्ाण गरेको यो वृत्तचित्रलाई भाग्ा एकका रूपमा बजारमा ल्याइएको निर्देश्ाक योञ्जन बताउँछन् । आगामी तीन-तीन महिनामा वृत्तचित्रका नयाँ श्रृंखलाहरू तयार पार्ने योजना यसका निर्माताहरूको छ । गत जेठ दुई गतेदेखि अन्न-पानी केही पनि सेवन नगरी ध्यानमा बसेका रामबहादुरको वास्तविकता जान्न रतनपुर पुगेका निर्देशक योञ्जनले 'अन्तरयात्रा' मा केही रोचक विषय समावेश गरेका छन् । ध्यान-स्थलका स्वयंसेवकसँग अनुरोध गर्दै योञ्जनले करिब एक समय मिटरको दूरीबाट रामबहादुरलाई वृत्तचित्रमा उतारेका छन् । उनको दर्शन गर्न आउने व्यक्तिहरूको कुराकानी समेत समेटिएको वृत्तचित्रमा निर्देश्ाकले रामबहादुरका बुबा, आमा तथा दाजुसँग रमाइलो वार्ता पनि गरेका छन् । वृत्तचित्रका बारेमा निर्देशक योञ्ज्ानको धारणा छ— 'तपस्वीसामु पुग्न नसक्नेहरूलाई जानकारी दिने र वास्तविकताको खोजी गर्ने उद्देश्यले नै अन्तरयात्रा निमर्ाण भएको छ ।'
Read Full Discussion Thread for this article